बुधबार, भाद्र ३ गते २०८३

चिनीया कम्युनिष्ट पार्टी स्थापनाको १०० बर्ष पुग्दै गर्दा चिनीया क्रान्तिको चर्चा 

आषाढ १५, २०७८ मंगलबार
चिनीया कम्युनिष्ट पार्टी स्थापनाको १०० बर्ष पुग्दै गर्दा चिनीया क्रान्तिको चर्चा 


चिनीयाँ कम्युनिष्ट पार्टीका अध्यक्ष कमरेड माओलाई पिछडिएको कृषि प्रधान र सामन्तवाद र साम्राज्यवादले जर्जर पारेको चीनलाई त्यस स्थितिबाट मुक्त गर्ने र आधुनिक नयाँ चीनको दिशा दिने नवनिर्माता मानिन्छ । उनी सामन्तवाद तथा साम्राज्यवाद विरोधी चिनियाँ नयाँ जनवादी क्रान्तिका विचारक, त्यस क्रान्तिका कुशल सम्बाहक एवम् चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष थिए ।

Lok_narayan_Subedi.jpg 
चिनियाँ समाजमा मार्क्सवादका प्रणेता तथा प्रयोक्ता चिनियाँ सर्वहारा वर्गका क्रान्तिकारी नेता माओत्सेतुङको जन्म १८९३ को २६ डिसेम्बरका दिन चीनको हुनान प्रान्तको साओसानमा भएको थियो । त्यो ठाउँ आज विश्वको एउटा प्रसिद्ध पर्यटकीय स्थल र माओप्रति श्रद्धा दर्शाउने ऐतिहासिक आदर्श थलो   बनेको छ । माआको देहावसान भने ९ सेप्टेम्बर १८७६ मा ८३ बर्षको उमेरमा चीनको राजधानी बेइजिङ्गमा भएको थियो ।

माओलाई पिछडिएको कृषि प्रधान र सामन्तवाद र साम्राज्यवादले जर्जर पारेको चीनलाई त्यस स्थितिबाट मुक्त गर्ने र आधुनिक नयाँ चीनको दिशा दिने नवनिर्माता मानिन्छ । उनी सामन्तवाद तथा साम्राज्यवाद विरोधी चिनियाँ नयाँ जनवादी क्रान्तिका विचारक, त्यस क्रान्तिका कुशल संवाहक एवम् चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष थिए ।

सन् १९२१ जुलाई  १मा  स्थापित चिनीयाँ कम्युनिष्ट पार्टी, त्यस मातहतकाे अनुशासित  जनसेना र चेतनशील चिनीयाँ जनताको उचित संयोजन गरेर १९४९ मा जनवादी क्रान्ति सम्पन्न गरी जनबादी गणतन्त्र चीनको स्थापना गरेदेखि १९७६ सम्म माले चीनलाई अविछिन्न नेतृत्व प्रदान गरेका थिए । प्रतिरोधी क्रान्तिकारीकालमा जनसेनालाई अनुशासनका तीन–आठ नियम सिकाएर उनले क्रान्तिकारी सेनाले जनतासँग नङ र मासु जत्तिकै मिलेर बस्नुपर्ने दिशानिर्देश गरेका थिए र त्यसका लागि जनतासँग सियो र धागो समेत सित्तैमा लिइनु हुँदैन, महिलाहरुप्रति सम्मानपूर्ण व्यवहार गर्नु पर्दछ, अँचौपैचो लिएको सामान बिग्रेको भए क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्दछ भन्ने जस्ता व्यावहारिक कुरा गरेर सेना र जनता बिचको घनिष्ठ सम्बन्ध विकसित गर्न विशेष जोड दिएको प्रष्ट देखिन्छ ।

यसरी पार्टी, सेना र जनतालाई एकाकार गर्ने आधार तयार पारेर माओले आफ्ना नयाँ जनवादी कार्यक्रमका आधारमा तत्कालीन चीनको पछौटेपनाका अवरोधहरुलाई हटाउँदै आधुनिक चीनको राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक जग बसालेका थिए र त्यसका लागि आजीवन अविश्रान्त भूमिका खेलेका र योगदान दिएका थिए । त्यसैको आधारमा आजको शक्तिशाली चीनको पृष्ठभूमि बनेको हो ।नेपालमा कम्युनिस्ट आन्दोलनको सुत्रपात गर्ने क्रान्तिकारी नेता कमरेड पुष्पलालले नै सर्वप्रथम मार्क्सवाद–लेनिनवाद र माओ विचारधारलाई नेपाली भूमिमा रचनात्मक किसिमले प्रयोग गर्दै नेपालबाट सामन्ती, साम्राज्यवादी र भारतीय एकाधिकार पुँजीवादी शोषण र अन्यायको विरुद्ध जनतालाई संयुक्त जनआन्दोलनको मूलबाटोबाट अघि बढाउने पहल र मार्गदशन गरेको अविस्मरणीय इतिहास रहेको छ ।

माओले वर्ग संघर्ष, उत्पादन संघर्ष र वैज्ञानिक प्रयोग यी तीन महत्त्वपूर्ण कुरालाई आधुनिक उन्नत चीन निर्माणका आधारभूत साधन र एक अर्काको परिपुरकको रुपमा लिएका थिए । उनले राजनीति, अर्थतन्त्र र वैज्ञानिक प्रयोगलाई जनतासँग घनिष्ठरुपले नगाँसिकन र यसरी विकास नगरिकन उन्नत समाजवादी समाजमा चिनियाँ समाजलाई पदार्पण गराउन सकिदैन भन्ने प्रष्ट मान्यता अघि सारेका थिए ।

विश्वको पहिलो महान समाजवादी अक्टोबर क्रान्तिको प्रेरणा, प्रभाव, परिबेशकाे सहयोगले चिनियाँ जनवादी क्रान्ति सफल भएकाे कुरा निर्विवाद छ । तर अक्टोबर क्रान्तिपछि विश्वमा तेश्रो विश्वका उपनिवेश तथा अर्धउपनिवेशकोरुपमा बाह्य शोषण र उत्पीडनको शिकार भएका अल्पविकसित र विकासशील मुलुकहरूमा चिनियाँ क्रान्तिकै सबैभन्दा बढी प्रभाव परेको थियो । नेपालमा पनि कम्युनिस्ट पार्टीको गठन र पार्टीको पहिलो घोषणापत्र जारी गर्दा देखिनै महान अक्टोबर समाजवादी क्रान्ति र चिनियाँ नयाँ जनवादी क्रान्तिको छाप परेको प्रष्ट देखिन्छ ।

नेपालमा कम्युनिस्ट आन्दोलनको सुत्रपात गर्ने क्रान्तिकारी नेता कमरेड पुष्पलालले नै सर्वप्रथम मार्क्सवाद–लेनिनवाद र माओ विचारधारालाई नेपाली भूमिमा रचनात्मक किसिमले प्रयोग गर्दै नेपालबाट सामन्ती, साम्राज्यवादी र भारतीय एकाधिकार पुँजीवादी शोषण र अन्यायको विरुद्ध जनतालाई संयुक्त जनआन्दोलनको मूलबाटोबाट अघि बढाउने पहल र मार्गदशन गरेको अविस्मरणीय इतिहास रहेको छ । त्यसैले नेपाली जन आन्दोलनका एकपछि अर्को श्रृंखलाको सिर्जना हुँदा कमरेड पुष्पलालको वैचारिक अवधारणा र कार्यनीतिको अनुसरण भएको देखिन्छ र झनपछि झन्‌ त्यसको रक्षा र विकास गरिनुपर्ने आवश्यकता र औचित्यताको बोध हुने गर्दछ ।

यद्यपि चिनियाँ क्रान्ति सपाट र सोझो रुपमा सहज किसिमले अगाडि बढेको भने पक्कै थिएन । त्यसले कहिले दक्षिणपन्थी र कहिले उग्रवामपन्थी औसरवादको शिकार हुनु परेको थियो र ठूल्ठूला हण्डर ठक्कर खादै र ठूल्ठूला सफलता र असफलताहरुलाई बेहोर्दै तथा तिनबाट सही शिक्षा लिँदै आघि बढेको थियो ।

यसरी सबैखाले औसरवादलाई चिर्दै र सही दिशा पक्रँदै अघि बढ्ने क्रममा नै आफ्नो पार्टीको सातौँ महाधिवेशनमा आइपुग्दा १९४५ चिनियाँ कम्युनिस्ट पार्टीले माओ विचारधारालाई चिनियाँ क्रान्तिको व्यवहारमा मार्क्सवाद–लेनिनवादलाई गाँस्ने र पार्टी कार्यलाई सही दिशानिर्देश गर्ने सिद्धान्तको रुपमा अघिबढाएको थियो । त्यसबारेमा सातौँ काँग्रेसले भनेको छः “The Communist Party of China takes the Mao Zedong Thought that integrated Marxist-Leninist theory with the practice of the Chinese revolution as the guideline for all its work.”

Mao-Zedong.jpg

१९४५ को अप्रिल २३ देखि ११ जुनसम्म चलेको त्यो महत्त्वपूर्ण र ऐतिहासिक सातौ अधिवेशनमा अध्यक्ष माओले संयुक्त सरकारका बारेमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने ल्यु साओचीले पार्टी विधानमा संशोधन सम्बन्धी प्रतिवेदन, चु तेहले युद्ध मैदान र मुक्त क्षेत्रको स्थिति सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस अधिवेशनमा चाउ एनलाई (जो पछि चीनका प्रधानमन्त्री बने) ले संयुक्त मोर्चा सम्बन्धी महत्त्वपूर्ण वक्तव्य दिएका थिए । त्यस ऐतिहासिक महाधिवेशनमा ५४७ जना पूर्ण र २०८ वैकल्पिक पार्टी प्रतिनिधिहरु सम्मिलित थिए । ती प्रतिनिधिहरु त्यतिबेला चीनको कम्युनिस्ट पार्टीमा आबद्ध १ करोड २१ लाख पार्टी सदस्यमध्येबाट छानिएको अधिवेशनको इतिहासमा उल्लेख छ ।माओले वर्ग संघर्ष, उत्पादन संघर्ष र वैज्ञानिक प्रयोग यी तीन महत्त्वपूर्ण कुरालाई आधुनिक उन्नत चीन निर्माणका आधारभूत साधन र एक अर्काको परिपुरकको रुपमा लिएका थिए । उनले राजनीति, अर्थतन्त्र र वैज्ञानिक प्रयोगलाई जनतासँग घनिष्ठरुपले नगाँसिकन र यसरी विकास नगरिकन उन्नत समाजवादी समाजमा चिनियाँ समाजलाई पदार्पण गराउन सकिदैन भन्ने प्रष्ट मान्यता अघि सारेका थिए ।

त्यस अधिवेशनले पार्टीलाई अझ बढी एकताबद्ध र सुदृढ बनाएको र क्रान्तिकारी आन्दोलन सफलताको नजिक पुगेको वस्तुवादी मुल्यांकन गरेको थियो । नभन्दै त्यसको चार बर्षपछि १९४९ मा चीन सामन्तवाद र साम्राज्यवादबाट मुक्त भएर चीनमा जनवादी गणतन्त्र स्थापना भएको थियो ।

त्यसपछि पनि चिनियाँ समाजलाई अघि बढाउने क्रममा गम्भीर आरोह अवरोहरु उत्पन्न भए । ती सबैलाई चिर्दै र व्यहोर्दै चीन आज कृषि, उद्योग, विज्ञान प्रविधि र राष्ट्रिय सुरक्षा समेतको चार महत्त्वपूर्ण आधुनिकीकरणको दिशामा अघि बढेको छ र विश्वको दोश्रो आर्थिक शक्तिको रुपमा खडा हुन पुगेको मात्रै छैन, अबको एक दशकमा विश्वको पहिलो अर्थ–राजनीतिक शक्ति हुने क्रममा निरन्तर अघि बढिरहेको छ ।

 

चिनियाँ चरित्रको समाजवाद निर्माण र आधुनिकीकरणका लागि त्यसलाई अझ उच्चस्तरमा उठाउनका लागि सबभन्दा विकसित उत्पादक शक्तिको सिद्धान्तलाई अघि सारेको छ । चीनको सर्वतोमुखी प्रगतिका लागि यो सिद्धान्तले माओ विचारधारालाई परित्याग गरेको छैन, बरु त्यसलाई अझ विकसित तुल्याउन उच्चस्तरमा उठाउँदै अघि बढाएको चिनियाँ चरित्रको समाजवादका विश्लेषकहरु औंल्याउँदछन् । विश्वलाई आश्चर्यचकित तुल्याउने चीनको आर्थिक बृद्धिदर, समाजवादी बजारमुखी अर्थतन्त्र र विश्वमा शान्ति र साझेदारीको जुन बाटो चीनले अख्तियार गरेको छ, त्यसबाट विकासशील र विकिसत दुवै देशले सिक्नुपर्ने आवश्यकता छ ।

आज विश्वका विकसित पुँजीवादी देशहरुमा जसरी एकपछि अर्को संकट आइरहेका छन् र तिनलाई निवारण गर्न तथा विश्व अर्थतन्त्रलाई सही दिशा दिनमा चीनले योगदान पुर्‍याइरहको छ, त्यो कम महत्त्वपूर्ण छैन । त्यसैले विकसित पुँजीवादी देशहरु आफ्नो देशमा मन्दी र वित्तीय संकट उत्पन्न भएको स्थितिले भन्दा कतै चीनमा आएको मन्दीले उनीहरुका अर्थतन्त्रलाई अझ गम्भीर अझ नकारात्मक असर त पार्दैन भन्ने कुरामा आज सबैभन्दा बढी चिन्तित र केन्द्रित रहेका देखिन्छन् । यो चीनको विश्वव्यापी रुपमा बढ्दो सफलता र विश्वव्यापी सक्रियताकै अनिवार्य परिणति हो ।

वास्तवमा नयाँ जनवादी क्रान्तिको सफलतापछि मजदुर वर्गको नेतृत्वमा मजदुर–किसान एकताको आधारमा सम्पूर्ण क्रान्तिकारी वर्ग र समुदायलाई एकताबद्ध गर्दै जनवादी अधिनायकत्व अन्तरगत चीनमा जुन राष्ट्रिय पुँजीको विकासको जग बसाल्यो, त्यसले नै आज चीन औद्योगीकरण, यान्त्रीकरण, प्राविधीकरणको नयाँ विकास, संस्कृतिको निर्माण र राष्ट्रिय पुँजीवादको विकास भएको छ ।

यसले बितेको तीन दशकमा ७० करोभन्दा बढी चिनियाँ जनतालाई गरिबीको रेखाभन्दा माथि उठाएको । यो विश्वकै लागि एउटा अपूर्व प्रतिमान हो । यस हिसाबले पनि यो पश्चिमा पुँजीवादभन्दा भिन्न ढंगले अघि बढेको देखिन्छ । अब यो चीनको राष्ट्रिय पुँजीवाद स्वभाविक रुपले वैज्ञानिक समाजवादको सही र क्रान्तिकारी मूलबाटो पक्रेर सम्पूर्ण चिनियाँ समाजलाई समानता, न्याय र समुन्नतिको धरातल प्रदान गर्ने वैज्ञानिक समाजवादी बाटोमा अग्रसर हुुन्छ/हुुँदैन, विश्वले एक टकले हेरिरहेको छ । यसो भयो भने मात्र अध्यक्ष माओले सोचेको जस्तो चिनियाँ जनताको सपना साकार र सार्थक हुन्छ । अनि सभ्य, सुसंस्कृत र समुन्नत चिनियाँ समाजको प्रादुर्भाव हुन्छ ।

यस सही बाटोमा चीन अगाडि बढ्न सकोस् । शुभकामनाका साथ चीनका महान नेता तथा विश्व सर्वहारा वर्गका मार्गदर्शक क. माओप्रति उच्च सम्मानका साथ  चीनीयाँ कम्युनिष्ट पार्टी १०० बर्ष  पुगेकाे अबसरमा क्रान्तकारी चीनीयाँ जनतामा उत्तराेत्तर प्रगतिकाे हार्दिक शुभकामना