शुक्रबार, कार्तिक ७ गते २०८३

पालनपोषण सहकारीको १४ औं साधारण सभा सम्पन्न, कुल वासलात २२ करोड माथि


भाद्र ७, २०८३ आइतबार
पालनपोषण सहकारीको १४ औं साधारण सभा सम्पन्न, कुल वासलात २२ करोड माथि

पालनपोषण बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नन्दकिशोर प्रसाद कुशवाहाको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो । २०६६ सालमा बरियापुर बजारका ३३ जना व्यक्तिहरुको  सक्रिय सहभागिता र सानो बचत संकलन तथा ऋण लगानीबाट सुरु गरिएको अध्यक्ष कुशवाहाले सभामा जानकारी  दिए । त्यसको केही बर्षपछि डिभिजन सहकारी कार्यालय मकवानपुरबाट स्वीकृत लिई २०६९ साल फागुन २५ गते  संस्था संस्थापना एवम शुभारम्भ गरिएको उनको भनाई छ ।

सदस्यहरुको सक्रिय सहभागिता, कर्मचारीको कडा परिश्रम र सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको अथक मेहनतका साथ संस्थालाई अगाडि बढाएको कारण सफलता प्राप्त गर्न सकेको उनको भनाई छ । सहकारी मुल्य, मान्यता र सिद्धान्त अनुसार संस्था सञ्चालन  गर्दै आएको र  समुदाय विश्वासका कारण संस्थाले वित्तीय कारोबारमा समेत वृद्धि गर्दै लगेको उनले बताए  । सुरुमा तत्कालिन बरियारपुर  गा.वि.स. कार्यक्षेत्रबाट  सुरुवात गरिएको  संस्थाले अहिलेसम्म आइपुग्दा बारा जिल्लाका ५ वटा गाउँपालिका र ३ वटा नगररपालिका सहित  ८ वटा स्थानीय  तहका करिव  २ हजार २५० जना शेयर सदस्यहरुलाई १० जना कर्मचारीहरुबाट वित्तीय  सेवा प्रदान गर्दै आएको उनको भनाई छ ।

सानो बचत नै ठुली पूँजी निमार्णको आधार हो  भन्ने मुल नाराका साथ स्थानीयस्तरमा छरिएर रहेको  स सानो  पूँजीलाई बचतको माध्यमबाट एकिकृत गरि त्यसलाई सदस्य माझ  परिचालन गरी उनीहरुको आयआर्जन वृद्धिमा टेवा पुर्याएको उनले सभामा बताए । संस्थामा आवद्ध सदस्यहरुको आर्थिक, समाजिक, सास्कृतिक र बौद्धिकस्तर माथि  उकास्दै आत्मनिर्भर बढाउने उदेश्यका साथ संस्थाले ऋण लगानी गर्दै आएको उनको भनाई छ । संस्थाले आर्थिक बर्ष २०२८ र०८३ को असार मसान्तसम्म  ४ करोड ३७ लाख ७४ हजार  शेयर पूँजी,  १२ करोड ७७ लाख बचत संकलन गरी १६ करोड ९१ लाख ऋण लगानी गर्न सफल भएको छ ।  संस्थामा २ करोड ७१ लाख  जगेडा कोष रहेको छ भने गत आ.ब.मा १ करोढ १३ लाख ५१ हजार मुनाफा गर्न सफल भएको छ । त्यस अवधिमा संस्थाको कुल वासलात २२ करोड ९८ लाखपुगेको छ ।

cda9ed5b-b71b-43f9-b2fe-64108411f049.jpg

सभााले संस्थाको  संगठन तथा सामान्य आन्तरिक कार्यविधि २०८० ,बचत नीति २०८०,ऋण नीति २०८०, आर्थिक व्यवस्थापन आन्तरिक  कार्यविधि २०८०,आर्थिक व्यवस्थापन आन्तरिक कार्याधि २०८०,मानव संसाधन व्यवस्थापन नीति २०८०, सुशासन आन्तरिक कार्यविधि २०८०, सम्पति शुद्धीकरण निवारण नीति तथा कार्यविधि २०८०, साधारण सभासञ्चालन कार्यविधि,निर्वाचन कार्यविधि र सदस्य नीति २०८० लाई साधारसभा मार्फत् संशोधन तथा अध्यावधिक गरेको छ  । सभामा लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक शिव प्रसाद गुप्ताले समितिको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । सभामा विभिन्न्न विधामा उत्कृष्ट हुने सदस्यहरुलाई सम्मान गरिएको थियो । सभामा उपाध्यक्ष जयचन्द्र प्रसाद कलवारले स्वागत मन्तव्य राखेका थिए भने सचिव विरकिशोर शाहले सभा सञ्चालन गरेका  थिए ।