शुक्रबार, कार्तिक ७ गते २०८३

सबल महिला बहुउद्देश्यीयको साधारणसभा सम्पन्न, सदस्यको आयवृद्धिमा सघाउँदै

मंसिर २३, २०७८ बिहीबार
सबल महिला बहुउद्देश्यीयको साधारणसभा सम्पन्न, सदस्यको आयवृद्धिमा सघाउँदै

 

सबल महिला बहुउद्देश्यीय सहकारी संस्थाको सातौं बार्षिक साधारण सभा सम्पन भएको छ । यहि मंसिर १८ देखि २१ गतेसम्म  संस्थाले कार्यालय प्रांगणमा सदस्य उपस्थिति खुल्ला गरि साधारण सभा सम्पन गरेको हो । सदस्यहरुलाई बार्षिक प्रतिबेदन बितरण गरी उनीहरुबाट आएको सुझावलार्इ समेत समेटेर सभा समापन गरिएको संस्थाले जनाएको छ । 

सभामा मन्तव्य साख्दै अध्यक्ष इश्वरी हुमागाईंले सदस्यहरुको विश्वास र सहभागिताले संस्थामा आइपरेका कठीन परिस्थितिलाई पार गदै संस्था निरन्तर गतिमा बढेको बताइन् । सदस्यहरुलाई व्यवसायीकरणमा जोडी उत्पादनमा लगाउन संस्था लागि परेको उनको भनाइ छ । सदस्यहरुको आयस्रोतमा बृद्धि गर्न गाइपालन, कुखुरापालन ,बाख्रापालन जस्ता व्यवसायमा लगाई त्यसबाट उत्पादन भएका मासु ,अण्डा, पनिर र अर्गानिक तरकारी सदस्यहरु माझ बिक्री वितरण गर्दै आएको हुमागाईले सभामा जानकारी दिइन् । संस्थामा आवद्ध सदस्यहरुको जीवनस्तर उठाउन आफुहरु लागिपरेको उनले सुनाइन् । 

sabal mahila 1.jpg

संस्थाकी प्रबन्धक गिता फुल्लेलले सदस्यहरुको चाहना अनुरुप नै संस्थाले काम गर्दै आएको र सदस्यको आर्थिक अवस्थामा सुधार ल्याउन संस्था लागि परेको उल्लेख गरिन् । सहकारीमार्फत लघुवित कार्यक्रम सञ्चालन गरी समाजमा पछाडि परेका महिलाहरुलाई समुहमा आबद्ध गराइ उनीहरुलाई सबल बनाउन संस्थाले भूमिका खेल्दै आएको उनको भनाइ छ । 

सभामा सचिव विश्वेश्वरी पनेरुले  बार्षिक प्रतिवेदन र कोषाध्यक्ष संचिता ढकालले आर्थिक  प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । संस्थाले गत आबको अन्त्यसम्ममा १ करोड ७१ लाख ३८ हजार शेयर पुँजी, ३ करोड ९६ लाख ७२ हजार बचत संकलन र ४ करोड ९९ लाख ऋण लगानी गरेको छ । संस्थाको विभिन्न कोषमा ८ लाख ८० हजार जम्मा भएको छ भने, संचालन मुनाफा  ४ लाख ४९ हजार रहेको छ । गत बर्ष संस्थाले ७ करोड ४ लाख ९७ हजार कुल कारोबार गरेको प्रतिवेदनमा उलेख्य छ । संस्थामा १३ सय सदस्य आवद्ध रहेका छन् । 

संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले सदस्यहरुको माग र सहभागितामा सिर्जनशील सबल समाज नामक समाज समेत गठन गरेको जनाएको छ । उक्त समाजले मेलाम्चीका बाढी पीडितलाई एक लाख रुपैया आर्थिक सहयोग गरेको थियो । संस्थाले कोभिड १९ का कारण मृत्यु भएका सदस्यहरुको ऋणमा केहि छुट गर्नुका साथै लकडाउन अवधिभर सम्पूर्ण ऋणीहरुको ब्याजमा समेत छुट दिएको जनाएको छ । संस्थाले गत आ.व.मा बनाएका योजनाहरुको सफल कार्यान्वयन गर्दै यस आ.व. का लागि केहि लक्ष्य तथा योजनाहरु समेत बनाएको छ ।