बुधबार, भाद्र ३ गते २०८३

रक्तदान कार्यक्रम आयोजना गरी कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेले मनायो स्थापना दिवस


भाद्र ३, २०८३ बुधबार
रक्तदान कार्यक्रम आयोजना गरी कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेले मनायो स्थापना दिवस

कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेले छैटौँ स्थापना दिवस  अवसरमा रक्तदान आयोजना गरेको छ । क्लबले स्थापना दिवसरमा खुल्ला रक्तदान  कार्यक्रम आयोजना गरेको छ ।

संस्थाले रक्तदान सहित शुभकामना आदानप्रदान गरी स्थापना दिवस मनाएको हो । क्लबका अध्यक्ष गोपाल दाहालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा  पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थ र जिल्ला  सहकारी संघ काभ्रेका अध्यक्ष अमन पोटेले शुभकामना  व्यक्त गरेका थिए ।

क्लबको स्थापना दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रमको व्यवस्थापन तथा संयोजन बुडोल सामुदायिक साकोसले गरेको थियो । रक्तदान कार्यक्रममा ३२ जना सहभागीहरुले रक्तदान गरेका थिए ।  यस अघि पनि स्थापना दिवसको सन्दर्भ पारी क्लबले अग्रभागमा रही कामगर्ने सहकारी संस्थाका कर्मचारीहरुको लागि सहकारी सेवा संस्कार रुपान्तरण कार्यक्रम सञ्चालन गरेको थियो । 

सहकारी संघसंस्थामा कार्यरत कर्मचारीहरुको क्षमता विकास अपरिहार्य रहेको सन्दर्भमा आवश्यकता पहिचान गरी प्रभावकारी कार्यक्रमहरुको आयोजना गर्ने लक्ष्य सहित २०७८ भाद्र २ गते ९ जना व्यवस्थापकहरुको पहलकदमीमा क्लबको स्थापना भएको हो । 

776634944_1746108277520600_448511782077431243_n.jpg