बुधबार, भाद्र ३ गते २०८३

मनकामना साकोसको ८ औं साधारण सभा, सदस्यलाई १० प्रतिशत लाभांश वितरण


भाद्र ३, २०८३ बुधबार
मनकामना साकोसको ८ औं साधारण सभा, सदस्यलाई १० प्रतिशत लाभांश वितरण

जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा रहेको मनकामना बचत तथा ऋण सहकारी संस्थाको ८ औं  वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  स्थाका अध्यक्ष सुवास श्रेष्ठको सभापतित्वमा   सम्पन्न सभाको प्रमुख अतिथि सोही उउपमहानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष सुवास श्रेष्ठ र नेपाल माद्यामिक विधालयका प्रधानाध्यापक माधव नेपाल  विशिष्ट अतिथिको रुपमा रहेका थिए । सभामा अध्यक्ष श्रेष्ठले आ.व .०८२\८३ को  वार्षिक  प्रतिवेदन तथा  लेखा सुपरीवेक्षण समितिका सदस्य राजकुमार शाह कानुले  लेखा सुपरीवेक्षण  समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।  

सो सभामा विशिष्ट अथिति मनकामना साकोसका जेष्ठ सदस्य चन्द्रबहादुर पाख्रिन,सदस्य ठुलीमाया लामा,सदस्य कृष्ण बहादुर शाही ठकुरी  ,जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ का मधेसी उत्थान नेपालका अध्यक्ष विकास शाह रहेका  र जीतपुर  सिमरा उप महानगरपालिका २१ का प्रमुख इलाका प्रहरी कार्यलयका वरिष्ठ नायव निरिक्षक प्रकाश खत्री लगायतका उपस्तिथी रहेको थियो ।  कार्यक्रम सञ्चालन संस्थाका उपाध्यक्ष विशाल शाह कानुले र स्वागत मन्तव्य  संस्थाकी  व्यवस्थापक तारादेवी श्रेष्ठले गरेकी थिईन् ।

 सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले समुदायमा आधारित रहेर सदस्यहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको संस्थाले  सदस्यहरुलाई आर्थिक तथा सामाजिक रुपमा सवल बनाउन भूमिका खोलेकोको बताए ।  संस्थाले सम्मान कार्यक्रम अन्तगत कक्षा ८ का छात्रा रितिक नेपाल,एस.ई.ई. का छात्रा आज्ञा शाह, १२ कक्षाकी छात्रा रनीता रुम्बा साथै जेष्ठ सदस्य सम्मान चन्द्रबहादुर पाख्रिनलाई  गरिएको थियो ।  

c13837e6-c2d6-4bf4-b190-b5e7645f69a9.jpg

त्यसैगरी संस्थाले स्वास्थ कोषबाट शेयर सदस्यको मृत्यु भएका परिवारका  आश्रित सदस्यलाई साधारण सभाबाट प्रति व्यक्ति १०, हजारको दर राहत प्रद्यान गरेको थियो । साथै संस्थाले दैनिक बचत,मासिक बचत,मुद्दती बचत,बालवचत र असल ऋणीलाई प्रमाणपत्र सहित सम्मान गरेको थियो । संस्थाले सदस्यहरुलाई १० प्रतिशत लाभांश समेत वितरण गरेको छ ।  संस्थाको गत आर्थिक बर्षको असार मसान्तसम्मको शेयर पुँजी ९४ लाख १५ हजार, ऋण लगानी १ करोड ५७ लाख ५३ हजार बचत संकलन ६ करोड ४० लाख १९ हजार  गरी कुल कारोबार ९ करोड ७५ लाख ७७ हजार  पुर्याउन सफल भएको छ । संस्थामा १ हजार ५१०  सदस्य आवद्ध रहेका छन् ।