नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले यस बर्षको नेफ्स्कून संस्थापक अध्यक्ष पुरस्कार एकीकृत फ्रेण्डसिप साकोसका अध्यक्ष भूमिराज खड्कालाई प्रदान गरेको छ । नेफ्स्कूनले ३९ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा उक्त पुरस्कार अध्यक्ष खड्कालाई प्रदान गरिएको हो ।
अध्यक्ष खड्का नेपालको सहकारी क्षेत्रमा लामो समय देखी सकृय रहँदै आएका ,अनुभवी, प्रतिवद्ध तथा नेतृत्वदायी व्यत्तित्व हुन् । शुसासन, सदस्य सेवा, वित्तीय अनुशासन तथा सहकारी अभियानको सुदृढिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका खड्का २०५६ देखी निरन्तर सहकारी क्षेत्रमा सकिय रहँदै जिल्ला तहका सहकारी संघहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हालेका छन् । उनले २०६२ देखी २०६४ सम्म जिरीको आकाशद्धिप बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष २०६४ देखी २०६७ सम्म फ्रेण्डसिप साकोसको उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्षको जिम्मेवारी, २०७२ देखी २०७५ सम्म सोही संस्थाको उपाध्याक्ष र अहिले संस्थाको अध्यक्ष पदमा निरन्तर नेतृत्व गर्दै संस्थाको संस्थागत विकास, शुशासन वित्तीय अनुशासन सदस्य सेवा विस्तार, दिगो विकाश तथा सहकारी मुल्य मान्यताको संरक्षणमा सक्रिय भुमिका निर्वाह गर्दै आएका छन् ।
त्यसैगरी दुई कार्यकाल दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघको उपाध्यक्ष र हाल संघको अध्यक्षमा रहेर जिल्लाको बचत तथा ऋण सहकारी अभियानलाई अगाडि बढाउने काममा निरन्तर क्रियशिल छन् । स्पष्ट वक्ता र सहकारितालाई आत्मसात गरेका अध्यक्ष खड्का सहकारी क्षेत्रबाट सदस्य र समुदायको आर्थिक सामाजिक रुपान्तरण गर्न सक्ने विश्वास व्यक्त गर्छन् ।
नेपालपत्र संवाददाता