पालन पोषण बचत तथा ऋण सहकारी संस्था मधेश प्रदेशकै उत्कृष्ट सहकारीको रुपमा सम्मानित भएको छ । नेफ्स्कूनले ३९ औं स्थापना दिवसको अवसरमा संस्थालाई मधेश प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा सम्मानित गरेको हो
उत्कृष्ट संस्था बन्न साथ सहयोग गर्ने सम्पूर्ण सदस्य, सञ्चालक समिति, कर्मचारी तथा शुभेच्छुकहरूमा आभार व्यक्त गरेको छ । सदस्यहरुको निरन्तर विश्वास, साथ, सहयोग, सक्रिय सहभागिता र योगदानकै कारण उपलब्धि हासिल गर्न सफल भएको संस्थाले जनाएको छ ।
यस सम्मानले आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न, सदस्यहरूको आर्थिक तथा सामाजिक समृद्धिमा थप योगदान र सहकारीको गरिमा अझ उचाइमा पुर्याउन प्रेरणा मिलेको संस्थाको भनाई छ । संस्थाका अध्यक्ष,सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतले सयुक्त रुपमा सम्मा ग्रहण गरेका थिए । नेफ्स्कूनले सातै प्रदेशकमा एकै पटक स्थापना दिगत मनाई उत्कृष्ट संस्थाहरुलाई सम्मान गरेको हो ।
गत असार मसान्तसम्म ४ करोड ३७ लाख शेयर पुँजी , २ करोड ७१ लाख जगेडा कोष,१२ करोड ७७ लाख बचत संकलन,१६ करोड ९१ लाख ऋण परिचालन गरी संस्थाको कुल सम्पत्ति २९ करोड ७३ लाख पुगेको प्रबन्धक रंजित कुमार कुशवाहाले जानकारी दिए । संस्थामा २ हजार २५८ सदस्य आवद्ध रहेका छन् ।
नेपालपत्र संवाददाता