शुक्रबार, कार्तिक ७ गते २०८३

शुभकामना साकोसको शेयर पुँजी भन्दा जगेडा कोष बलियो


श्रावण ११, २०८३ सोमबार
शुभकामना साकोसको शेयर पुँजी भन्दा जगेडा कोष बलियो


भक्तपुरको सूर्यविनायकमा मुख्य कार्यालय रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजी भन्दा जगेडा कोष बलियो रहेको छ । संस्थाले प्रकाशित गरेको गत आर्थिक बर्षको असार मसान्तसम्मको वित्तीय विवरणले जगेडा कोष बलियो देखाएको छ । गत असार मसान्तसम्म संस्थाको जगेडा कोष १८ करोड २० लाख ४० हजार पुगेको छ भने शेयर पुँजी ११ करोड ९४ लाख ६४ हजार रहेको छ । संस्थाको शेयर पुँजीको तुलनामा जगेडा कोष झन्डै ७ करोडले बढी रहेको छ ।

संस्थाले स्थापनाकालदेखि नै संस्थागत पुँजीलाई ध्यान दिएकाले जगेडा कोषमा वृद्धि भएर गएको हो । राष्ट्रिय सहकारी नियमन प्राधिरकणले समेत संस्थागत पुँजीको आधारमा संस्थाहरुलाई बचत तथा ऋणको कारोबार गर्न पाउने  व्यवस्था गरेको छ । बलियो पुँजी भएका कारण शुभकामना साकोसलाई भने बचत ऋणको कारोबारको लागि थप टेवा पुग्ने देखिन्छ । संस्थाले त्यस अवधिमा १ अर्ब ५१ करोड ७२ लाख बचत संकलन गरी १ अर्ब १७ करोड ७३ लाख ऋण लगानी गरेको छ । मुलुकमा आएको आर्थिक मन्दीका कारण वित्तीय परिचालनमा सुस्तता आउँदा संस्थामा ३३ प्रतिशत माथि तरलता रहेको छ ।

संस्थामा ५१ करोड माथि तरलता रहेको छ भने सदस्यको माग बमोजिम सहुलियत ब्याजदरमा  ऋण लगानी गर्न सक्ने क्षमता संस्थाको रहेको छ । १० हजार २९६ जना सदस्य रहेको संस्थाको कुल सम्पत्ति १ अर्ब ९५ करोड १८ लाख पुगेको छ । संस्थामा १ हजार ३०४ जना बाल बचतकर्ता रहेका छन् । संस्थाबाट ५४३ जना सदस्यले मात्र ऋण लिएर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन् । सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरी अगाडि बढेको संस्थाले सदस्य र समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणमा योगदान पु¥याउँदै आएको छ ।