शनिबार, आश्विन १७ गते २०८३

आर्थिक बिकास मित्र साकोसका सदस्यले पाँचखाल पोलिक्लिनिकमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउने

मंसिर २०, २०७८ सोमबार
आर्थिक बिकास मित्र साकोसका सदस्यले पाँचखाल पोलिक्लिनिकमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउने

आर्थिक बिकास मित्र साकोस र पाँचखाल पोलिक्लिनिक प्रा. ली. बीच  सदस्यहरूलाई   स्वास्थ्य सेवा, सुविधा  र सहूलियत प्रदान गर्ने उदेश्यले   समझौता भएको छ । उत सम्झौताबाट सदस्यहरूले अधिकतम लाभ  लिन सक्ने संस्थाले विश्वास लिएको छ  ।

सम्झौता अनुसार  औषधिमा १० प्रतिशत, ल्याव परिक्षणमा २० प्रतिशत छूट,  दन्त परीक्षण र उपचारमा २० प्रतिशत छूट,एक्सरेमा २० प्रतिशत छूट र  फ़िज़ियो थेरापीमा २० प्रतिशत छूट  पाउने छन ।  

आर्थिकबिकास मित्र साकोसका कर्मचारी र संचालक समितिहरूलाई २५ प्रतिशत छूट हुने गरी समझौता भएको छ ।  उल्लेखित सेवा लिनको लागि संस्थाको सदस्यता परिचय पत्रको आवस्यकता हुने भएकोले सबै सदस्यहरूले सदस्यता परिचय पत्र लिनु हुन संस्थाले  अनुरोध गरेको छ ।