चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले डिजिटल ग्रोथ अवार्ड पाउन सफल भएको छ । सन २०२६ का लागि विश्व ऋण परिषदले प्रदान गर्ने प्रविधि प्रयोगको अवार्ड प्राप्त गर्ने नेपालको पहिलो सहकारी चन्द्रागिरि बनेको छ ।
कार्यक्रमममा ओकूका अध्यक्ष माइकल लरेन्स, प्रमुख कार्यकारी अधिकृत पल ट्रेनिनले चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई सो पुरस्कार प्रदान गरेका थिए । परिषदले जुलाई २१ मा अष्ट्रेलियाको सिड्नीमा भएको विश्व बचत ऋण सम्मेलनबाट उक्त अवार्ड प्रदान गरेको हो ।
कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाको उपस्थिति रहेको छ । नेपालको साकोस अभियानले ओकूमार्फत प्राप्त गरेको यो नै पहिलो र ठूलो सम्मान हो । पछिल्लो समय प्रविधि प्रयोग मार्फत् सदस्यहरुलाई वित्तीय सेवाका साथै संस्थाको हरेक गतिविधिको बारेमा जानकारी दिँदै आएको छ । सहकरीले प्रविधि प्रयोगलाई अघि बढाएकै कारण युवा सहभागिता समेत बढेर गएको छ ।
नेपालपत्र संवाददाता