शुक्रबार, कार्तिक ७ गते २०८३

जनउपकार साकोसको बलियो वित्तीय सुचांक, ६१ करोड माथि कुल सम्पत्ति


श्रावण ५, २०८३ मंगलबार
जनउपकार साकोसको बलियो वित्तीय सुचांक, ६१ करोड माथि कुल सम्पत्ति

 

दोलखाको गौरीशंकर गाउँपालिका –२ जुगुँमा मुख्य कार्यालय रहेको जनउपकार बचत तथा ऋण सहकारी संस्थाले गत असारसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ ।  आर्थिक बर्ष २०८२/८३ को असार समान्तसम्मको   अपरिस्कृत वित्तीय विवरण अनुसार संस्थाको कुल सम्पत्ति ६१ करोड ३८ लाख ४२ हजार पुगेको छ ।

  त्यसैगरी गत आर्थिक बर्षमा संस्थाको शेयर पुँजी,जगेडा कोष र अन्य कोषहरुमा समेत वृद्धि भएको छ । संस्थाका अनुसार शेयर पुँजी ४ करोड २७ लाख ९० हजार, जगेडा कोष २ करोड ३३ लाख ३७ हजार र अन्य कोषमा ७७ लाख ९१ हजार पुगेको छ । संस्थाको बचत संकलन ५१ करोड ६५ लाख ८१ हजार पुगेको छ । संस्थाप्रति सदस्यको विश्वास बढेका कारण बचत संकलनमा   वृद्धि भएर गएको हो ।

एकातिर सबै सहकारी संस्थाप्रति सदस्यको विश्वास नहुृन र अर्कोतर्फ संस्थाले सेवा केन्द्र विस्तार गरी सदस्यहरुलाई  सहज र सरल सेवा प्रदान गरेका कारण बचत वृद्धिमा टेवा पुगेको संस्थाको विश्वास छ । संस्थाले ग्रामिणदेखि शहरी क्षेत्रमा बसोबास गर्ने सदस्यहरुलाई सहज रुपमा सेवा प्रदान गर्न कायक्षेत्र थप गरी वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थामा जम्मा भएको बचतको तुलनामा संस्थाको ऋण लगानी भने वृद्धि हुने सकेको देखिदैन । तर पनि संस्थाले गत आर्थिक बर्षमा ६२.१५ प्रतिशत अर्थात ३८ करोड १५ लाख ऋण लगानी गरेको छ । संस्थामा २२.४३ प्रतिशत अर्थात ११ करोड ५८ लाख ५५ हजार तरलता रकम रहेकाले ऋण लगानी वृद्धि गर्न सक्ने क्षमता रहेको पाइन्छ ।

मुलुकमा आएको आर्थिक मन्दीका कारण सदस्यहरुबाट ऋण माग नहुँदा संस्थाको ऋण लगानी गर्न सक्ने क्षमता भएर पनि बढाउन नसकेको व्यवस्थापक चुडामणि घिमिरेले बताए । संस्थामा ५१.८४ प्रतिशत अर्थात ३ हजार ९३६ पुरुप सदस्य र ४७.६९ प्रतिशत अर्थात ३ हजार ६२१ महिला सदस्य गरी कुल सदस्य ७ हजार ५९२ सदस्य पुगेका छन् । ग्रामिण भेगका जनतालाई सहकारीमा आवद्ध गराई उनीहरुमा स सानो रकम बचत गर्ने वानीको विकास गर्नु संस्थाको उपलब्धि भएको घिमिरे बताउँछन् । अर्कोतर्फ महिलाहरुलाई समेत सहकारीमा सदस्य बनाई  बचत गर्ने वानीको विकास गर्नु, महिला शसक्तिकरणमा योगदान पु¥याउनु र आय आर्जन गर्न आवश्यक पुँजी उपलब्ध गराउनु साथको सफलता भएको उनले प्रतिक्रिया दिए ।

संस्थाबाट १ हजार २७७ जना सदस्यले ऋण लिएर व्यापार व्यवसाय, घर घडेरी खरिद तथा वैदेशिक रोजगारमा गएर आय आर्जन गर्दै आएका छन् । सहकारीमा कुल सदस्य मध्ये २५ प्रतिशत सदस्यले संस्थाबाट ऋण उपभोग गर्नु राम्रो मानिन्छ । जनउपकारमा पनि झन्डै १७ प्रतिशत सदस्यले ऋण उपभोग गरेका छन् । संस्थामा २ हजार ५५५ जना बाल बचतकर्ताले समेत बचत गर्दै आएका छन् ।