सिन्धुपाल्चोकको लामोसाँघु– ८ बलेफीमा मुख्य कार्यालय रहेको लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले संस्था सञ्चालन इजाजत प्राप्त गरेको छ ।
संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट संस्था सञ्चालन इजाजत प्राप्त गरेको हो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम लामोसाँघु साकोसले संस्था सञ्चालन इजाजत प्राप्त गरेको प्राधिकरणले दिइएको लाइसेन्समा उल्लेख छ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका १ देखि ८ वडा, सुनकोशी गाउँपालिकाको वडा नं. ६ र ७,त्रिपुरासुन्दरी गाउँपालिककाको वडा नं .५ र ६ का साथै लिशंखु गाउँपाखर पालिकाको वडा नं. ६ सहित बाह्रबिसे नगरपालिकाको वडा नं. ९ संस्थाको कार्यक्षेत्र रहेको छ । प्राधिकरणबाट लाइसेन्स लिएसँगै संस्थालाई कर्जा सूचना केन्द्रमा आवद्ध हुन बाटो खुल्ला भएको छ । प्राधिकरणबाट लाइसेन्स लिएपछि मात्रै सूचना केन्द्रमा आवद्ध हुन पाउने व्यवस्था छ ।
करिव २ दशक अगाडि स्थापित त्यस संस्थाले समुदायमा छुट्टै पहिचान बनाउन सफल भएको छ । संस्थामा शेयर र बाल सदस्य गरी ४ हजार २ सय सदस्य आवद्ध रहेका छन । सानो पुँजी र सीमित सदस्यबाट सुरु भएको संस्थाले २३ करोड ४० लाख माथि कुल सम्पत्ति पुर्ययाउन समफल भएको छ ।
नेपालपत्र संवाददाता