शुक्रबार, कार्तिक ७ गते २०८३

मनोकामना बहुउद्देश्यीय सहकारीले वितरण गर्यो विद्यालय पोशाक


आषाढ २५, २०८३ बिहीबार
मनोकामना बहुउद्देश्यीय सहकारीले वितरण गर्यो विद्यालय पोशाक

मनोकामना बहुउद्देश्यीय सहकारी संस्थाले पोशाक वितरण गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरिवन ५ मा रहेको चेतना सन्देश नेपाल बालगृहका ३० जना बालबालिकालाई विद्यालय पोशाक वितरण गरेको हो । बालगृहका वालबालिकाको पढाइलेखाईमा केही सहयोग पुगोस् भन्ने उदेश्यले पोशाक वितरण गरेको संस्थाले जनाएको छ । संस्थाले सामुदायिक कार्य अन्तर्गत समय समयमा यस्ता गतिविधि गर्दै आएको जनाएको छ । संस्थाका अध्यक्ष शम्भुलाल श्रेष्ठ र व्यवस्थापक सन्तोष पाण्डेले बालगृहका बालबालिककालाई पोशाक वितरण गरेका थिए ।

संस्थाले हालै मात्र हरिवन र नयाँ  रोड बजार क्षेत्रलाई सफा राख्ने उदेश्यले हरिवन उद्योग वाणिज्य संघलाई १० थान डष्टविन  प्रदान  गरेको थियो । सहकारीका सात मध्ये एउटा सिद्धान्त सामुदायिक चासो  भन्ने रहेको छ । सोही सिद्धान्तलाई आत्मसात गर्दै यस्ता कार्यक्रम गर्ने गरेको संस्थाले जनाएको छ । ५ करोड ९२ लाख  शेयर पुँजी रहेको संस्थाको जगेडा कोषमा ३ करोड रुपैयाँ रहेको छ । संस्थाले ४१ करोड ३० लाख ५५ हजार बचत संकलन गरी ४१ करोड ७९ लाख ऋण लगानी गरेको छ । २ हजार ८ सय माथि शेयर सदस्य रहेको संस्थाको जेठ मसान्तसम्म कुल सम्पत्ति ६४ करोड ५६ लाख पुगेको छ ।