शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारी महासंघद्वारा महिला मिलन साकोस सम्मानित


आषाढ २१, २०८३ आइतबार
सहकारी महासंघद्वारा महिला मिलन साकोस सम्मानित


पदमपोखरी, हेटौडा–१३ मकवानपुरमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट सहकारी व्यवसाय २०८२ बाट सम्मानित भएको छ । राष्ट्रिय सहकारी महासंघले १०४ औं अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा बागमती प्रदेशकै उत्कृष्ट सहकारी संस्थाको रुपमा महिला मिलन साकोसलाई सम्मानित  गरेकोे हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष केशब बडालले संस्थाकी अध्यक्ष मिना थापा र प्रमुख व्यवस्थापक फूल माया मुक्तानले सो सम्मान प्रदान  गरेका थिए । संस्थाले सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गरी महिला सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा खेलेको भूमिकाको मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको महासंघले जनाएको छ । २०५८ सालमा स्थापना भएको उक्त संस्थाले हालसम्म ६ हजार ४ सय सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । स सानो ऋण लगानी मार्फत् महिला सदस्यहरुको आयस्तरमा वृद्धि गर्नुका साथै उनीहरुको वित्तीय तथा सामाजिक  जिवनस्तर परिवर्तनमा  समेत संस्थाले उल्लेख भूमिका खेलेको छ ।

संस्थाको शेयर पुँजी ७ करोड २२ लाख,जगेडा कोष ४ करोड ५१ लाख र कुल संस्थागत पुँजी ४ करोड ८८ लाख रहेको छ । संस्थाले ७० करोड ७३ लाख ९२ हजार बचत संकलन गरी ५४ करोड ८४ लाख ७३ हजार ऋण लगानी गरेको छ । ९३ करोड कुल सम्पत्ति पुगेको संस्थामा १४ प्रतिशत माथि तरलता रहेको छ । संस्थाले २  हजार ८ सय माथि सदस्यहरुलाई विभिन्न शिर्षकमा ऋण लगानी गरेको जनाएको छ । 

739596016_1499636725299259_5901374050433528433_n.jpg