शुक्रबार, कार्तिक ७ गते २०८३

सजिलो साकोसद्वारा मृत्यु राहत हस्तान्तरण


आषाढ २१, २०८३ आइतबार
सजिलो साकोसद्वारा मृत्यु राहत हस्तान्तरण

भरतपुर –२३ कृष्णचोक, चितवनमा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्थाले मृत्यु राहत हस्तान्तरण गरेको छ । संस्थाले मृत्यु राहत कोष सञ्चालन कार्यविधि बमोजिम स्वर्गीय शेर बहादुर श्रेष्ठका परिवारलाई पचास हजार बराबरको मृत्यु राहत रकम हस्तान्तरण गरेको  हो।

भरतपुर महानगरपालिका–२५, विशालचोक निवासी तथा संस्थाका शेयर सदस्य स्वर्गीय श्रेष्ठको सातौँ दिनको पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली तथा शोकसभामा उक्त राहत रकम परिवारलाई हस्तान्तरण गरिएको हो। संस्थाका  शेयर सदस्य स्वः शेर बहादुर श्रेष्ठको मृत्य भएको र उनको आश्रित परिवारलाई रु. पचास हजार रुपैयाँ मृत्यु राहत हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष देविलाल गौतमले सहकारीले सञ्चालन गरेको मृत्यु राहत कोष सदस्यहरूको दुःखको घडीमा साथ दिने सामाजिक उत्तरदायित्वको महत्वपूर्ण कार्यक्रम भएको उल्लेख गर्दै, ‘सदस्यको असामयिक निधनबाट पीडित परिवारलाई केही हदसम्म आर्थिक राहत पुगोस् भन्ने उद्देश्यले संस्थाले मृत्यु राहत कोष सञ्चालन गर्दै आएको हो। आगामी दिनमा पनि सदस्यहरूको हितलाई केन्द्रमा राखेर यस्ता सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइनेछ।’  भने। सदस्यहरूको हित र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको यस कार्यक्रमले शोकाकुल परिवारलाई केही हदसम्म आर्थिक राहत पुग्नुका साथै सहकारीप्रतिको विश्वास र आत्मीय सम्बन्ध अझ सुदृढ हुने संस्थाले विश्वास व्यक्त गरेको छ। सहकारीले आफ्ना सदस्यहरूलाई सुखमा मात्र नभई दुःखमा पनि साथ दिने उद्देश्य अनुरूप स्थापना गरेको मृत्यु राहत कोष अन्तर्गत यो रकम सहयोग गरिएको संस्थाले जनाएको छ।  

संस्था सदस्यहरुको दुखसुखको साथी भएको भन्दै संस्थाले उनीहरुको हरेक अवस्थामा सहयोग गर्दै आएको उनले जनाए । सहकारी मार्फत् सदस्यहरुलाई शिक्षा, स्वास्थ्य तथा सामाजिक क्रियाकलापमा समेत सहयोग गर्दै आएको अध्यक्ष गौतमले बताए । सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै संस्थाले सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा समेत उल्लेख भूमिका खेल्दै आएको छ ।