शनिबार, आश्विन १७ गते २०८३

पुरानै स्वादमा खुकुरी रमको नयाँ प्याकेजिङले तान्यो ग्राहकको ध्यान

मंसिर १६, २०७८ बिहीबार
पुरानै स्वादमा खुकुरी रमको नयाँ प्याकेजिङले तान्यो ग्राहकको ध्यान


खुकुरी रमको नयाँ प्याकेजिङको आकर्षक स्वरुपले रम पारखीहरुको ध्यान तान्न थालेको छ । हालै नेपाल डिष्टिलरीको उत्पादन खुकुरी रमले नयाँ प्याकेज सार्वजनिक गरेको थियो ।

अन्तर्राष्ट्रिय स्तरको अनुभव र नेपालीहरुको मौलिकपन तथा परम्परालाई समेत फ्यूजन हुने गरी एक विशेष अनुभूति दिलाउने गरी तयार भएको प्याकेजिङको विषयमा उत्साहजनक प्रतिक्रियाहरु आइरहेको रमका बिक्रेताहरुले बताएका छन् ।

नयाँ प्याकेजिङमा नेपालको मौलिकताबाट प्रेरित भएर केही नवीन र पृथक विशेषताहरु थपिएका छन् ।

कम्पनीका महाप्रबन्धक सुभास लामिछानेकाअनुसार रमको नयाँ बोटलको बिर्को समात्दा नेपाली वीरताको प्रतीक खुकुरीको बिँड समातेको भान हुन्छ । यो बिर्को पुनः प्रयोग गर्न नसकिने गरी तयार गरिएको छ ।

यस्तै,  खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्क समेत तयार गरिएको छ । यसले हाल चल्तीमा रहेको लोगोको सारलाई समेट्दै नेपालीहरुको सरल तथा दृढ स्वभावलाई दर्शाउने लामिछाने बताउँछन् ।

रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीहरुको शक्तिको प्रतिक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाउने उनले जनाए ।

यस्तै, स्वदेशी नेपाली मास्टर ब्लेन्डरको हस्ताक्षरयुक्त यो प्याकेजिङले स्वदेशी तथा विदेशी उपभोक्ताहरुलाई शत्प्रतिशत नेपाली मौलिकता तथा गुणस्तरको विश्वास समेत दिलाउने उनको तर्क छ ।

नयाँ प्याकमा एकअर्काको पूरकको रुपमा रहेको खुकुरीले नेपालीहरुको शक्ति, दृढता तथा वीरतालाई दर्शाउने र ‘फ्रम द टप अफ द वल्र्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको समेत जनाउने बताइएको छ ।

प्याकेजिङ नयाँ भएपनि खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको लामिछाने  बताउँछन् ।