शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिटको को –अपरेटिभ लिमिटेड स्थापनाको १७ औं बर्षमा प्रवेश गरेको छ । संस्थाले स्थापना दिवसको अवसरमा योग प्रेमी परिवारको सहकार्यमा वृहत रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ । संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा सदस्य, कर्मचारी,स्थानीय बासिन्दा र सञ्चालकहरुले रक्तदान गरेका थिए ।
‘रक्तदान, जीवनदान’ भन्ने मुल उदेश्यका साथ आयोजना गरिएको रक्तदानले विरामीको उपचारका लागि अत्यावश्यक पर्ने रगतको मागलाई पुरा गर्न केही सहयोग पुग्ने विश्वास लिइएको छ । संस्थाका अध्यक्ष विदुर बस्नेतले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवसको अवसरमा रक्दान कार्यक्रम आयोजना गरिएको बताए । संस्थाले विगतमा पनि थुप्रै सामाजिक क्रियाकलाप मार्फत् सदस्य र समुदायलाई योगदान पु¥याएको उनको भनाई छ ।
सदस्यहरुरुको अटुट साथ, सहयोग र दृढ विश्वासले आजबाट स्थापनाको १६औं वर्ष पुरा गरी १७औं वर्ष संस्था प्रवेश गरेको प्रमुख कार्यकारी अधिकृत फनिन्द्र कुमार खड्काले बताए । हालसम्म आइपुग्दा संस्थाको वित्तिय सुचचांकहरुलाई थप मजबुत बनाउदै एउटा अब्वल सहकारी संस्थाको रुपमा स्थापित हुन सफल भएको उनको भनाई छ । यो १७औं वर्षको ऐतिहासिक यात्रासम्म १ अर्ब १७ करोडको वासलातको दायित्व र लगभग ७ सय जना सदस्यहरुलाई ऋण प्रवाह गर्दै ३५ जना कर्मचारी मार्फत् निरन्तर वित्तिय सेवा प्रदान गर्दै आइरहेको उनले जानकारी दिए ।
आगामी दिनहरुमा पनि सहकारीको मुल्य, मान्यता र सिद्धान्तलाई शिरोपर गर्दै अहिलेसम्म संस्था संचालनमा भोगेका अनुभवहरुलाई आत्म समीक्षा गर्दै अझ परिष्कृत तरिकावाट गुणस्तरिय प्रविधि मैत्री वितिय सेवा प्रदान गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ । संस्थाले यस आर्थिक बर्षको जेठ मसान्तसम्म शेयर पुँजी १० करोड ७० लाख ४७ हजार, जगेडा कोष ४ करोड ७५ लाख, कुल संस्थागत पुँजी ४ करोड ४४ लाख र विभिन्न कोषमा रहेको रकम ८ करोड २१ लाख पुगेको जनाएको छ । संस्थाले त्यस अवधिमा ८७ करोड ४० लाख ६३ हजार बचत संकलन गरी ७१ करोड ५० लाख ऋण लगानी गरेको छ । संस्थामा १ हजार ७ सय माथि शेयर सदस्य आवद्ध रहेका छन् ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले संस्थागत पुँजीको आधारमा बचत तथा ऋणको कारोबार गर्न सक्ने व्यवस्था गरेको छ । सोही अनुसार संस्थाले आफ्नो संस्थागत पुँजीलाई समेत बलियो बनाएर लगेको छ ।
नेपालपत्र संवाददाता