शुक्रबार, कार्तिक ७ गते २०८३

लामोसाँघु साकोस स्थापनाको १८ औं बर्ष पुरा,  सुशासनमा आधारित उत्कृष्ट संस्था निर्माण गर्ने


आषाढ ११, २०८३ बिहीबार
लामोसाँघु साकोस स्थापनाको १८ औं बर्ष पुरा,  सुशासनमा आधारित उत्कृष्ट संस्था निर्माण गर्ने


सिन्धुपाल्चोकको  लामोसाँघु– ८ बलेफीमा मुख्य कार्यालय रहेको लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको १८औं बर्ष पुरा गरेको छ । सहकारीको  विकासको अभियानमा यस क्षेत्रमा  आज भन्दा करिव २ दशक अगाडि स्थापित त्यस संस्थाले छुट्टै पहिचान बनाउन सफल भएको छ ।

समुहको विचार, नेतृत्व र परिकल्पना अनुसार ३४ जना सदस्यहरुको  सामुहिक प्रयासबाट सुरुवात भएको  संस्था १८ औं बर्षसम्म आईपुग्दा शेयर र बाल सदस्य गरी ४ हजार २ सय आवद्ध रहेका छन । सानो पुँजी र सीमित सदस्यबाट सुरु भएको संस्थाले २३ करोड ४० लाख  कुल पुँजी संकलन गरी सफलताको पाईलाहरुतर्फ अघि बढाउन सफल भएको अध्यक्ष पूर्णचन्द्र ढकालले बताए । सहकारी सिद्धान्त, मूल्य, मान्यता तथा संस्थाको विनियम र यसले निर्माण गरेका नीति तथा कार्यविधिको परीधिभित्र  रहेर संस्था सञ्चानल हुँदै आएको उनले जनाए ।

 सुशासनमा आधारित उत्कृष्ट साकोस निर्माण गर्दै सदस्यहरुलाई समृद्ध बनाउने कार्यक्रमहरु संचालन गरि सहकारी अभियानलाई निरन्तर अगाडि बढाउन संस्था कटिबद्ध रहेको  उनको भनाई छ।  आगामी दिनहरुमा पनि  सबैको साथ र सहयोगको अपेक्षा  संस्थाले गरेको छ  । विषयगत सहकारी संस्थाहरु मध्ये यस संस्थाको मुख्य उद्देश्य तथा कारोबार बचत तथा ऋण भएकाले  आगामी दिनमा पनि  बचत तथा ऋणको कारोवारलाई नै सदस्य उन्मुख व्यवस्थित, सहुलियत तथा सरलीकृत कारोवारसँगै प्रविधिको समुचित उपयोगद्वारा सेवामा डिजिटल रुपान्तरणतर्फ लाग्ने अध्यक्ष ढकालको प्रतिवद्धता छ । 

 त्यसका साथै  सदस्यलाई पहिलो प्राथमिकता, जबाफदेहीता, पारदर्शिता, एकता, विश्वास उत्कृष्टता र अनुशासन  संस्थाको मुख्य मुल्य हुने अध्यक्षद्वारा जारी शुभकाना सन्देशमा उल्लेख छ । आगामी दिनमा सामाजिक रुपान्तरणको नेतृत्वदायी र वित्तीय सारथीको रुपमा स्थापित हुने कार्यक्रम र सेवाहरु प्रभावकारी रुपमा सञ्चालन गरिने प्रतिबद्धता उनले जनाए ।  यो सफलताको  प्रमुख श्रेयको  पात्र संस्थामा आवद्ध शेयर सदस्यहरु, शुभचिन्तक तथा विशिष्ट व्यक्तित्वहरु, सरकारी तथा गैर सरकारी निकायहरु, पदाधिकारी तथा कार्यरत व्यवस्थापन रहेकाले सबैलाई  अध्यक्ष ढकालले धन्यवाद ज्ञापन गरेका छन् ।