बुधबार, भाद्र ३ गते २०८३

सहकारी ऐन २०७४ संशोधनको तयारीः सात दिनभित्र सुझाव दिन मन्त्रालयको अनुरोध


आषाढ २, २०८३ मंगलबार
सहकारी ऐन २०७४ संशोधनको तयारीः सात दिनभित्र सुझाव दिन मन्त्रालयको अनुरोध

सहकारी ऐेन ,२०७४ लाई समसामयिक सुधार गर्न लागिएको भन्दै सरोकारवालाहरुबाट सुझाव माग गरिएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य मन्त्रालयले सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा गरिएको छ।

विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनार्थ सर्वसाधारणबाट राय सुझावको लागि उक्त मस्यौदा उपर कुनै राय, सुझाव भएमा सूचना प्रकाशन भएको मितिले सातदिनभित्र मन्त्रालयको इमेल ठेगाना पठाउन भनिएको छ ।

मन्त्रालयको इमेल cooperative@molcpa.gov.np मा सुझाव उपलब्ध गराइदिन सूचनामा भनिएको छ । ।साथै उक्त विधेयकको मस्यौदा मन्त्रालयको वेवसाइट www.molcap.gov.np बाट प्राप्त गर्न  सकिने छ । मन्त्रालयले जेठ २९ गते नै सुझावको लागि सूचना प्रकाशन गरेको हो । 

mk.pdf :To download file click here