राष्ट्रिय श्रमिक सहकारी महासंघ भारतका पूर्व अध्यक्ष जगजित सिंहको नेतृत्वमा आएको भारतीय सहकारीकर्मीहरुको एक टोलीले राष्ट्रिय सहकारी महासंघको अवलोकन भ्रमण गरेको छ । उक्त भ्रमण टोलीमा बीड डिष्ट्रीक श्रमिक सहकारी महासंघका अध्यक्ष बंशिधर सिरसत, भारतीय राष्ट्रिय श्रमिक सहकारी संघका प्रबन्ध निर्देशक डा.विनय कुमार चौहान, सिरसा श्रमिक सहकारी महासंघका अध्यक्ष जयसिंह कुसुम्भी, पम्पत डिष्ट्रीक श्रमिक सहकारी महासंघका उपाध्यक्ष सोम प्रकाश र जिन्द श्रमिक सहकारी महासंघका अध्यक्ष अशोक भारद्वाज लगायत ६४ जनाको सहभागिता रहेको थियो । उक्त भ्रमण टोलीलाई महासंघको सभाहलमा उपाध्यक्ष खेमबहादुर पाठक र महाप्रबन्धक डा.बाबुकाजी थापाले स्वागत गरेका थिए ।
सो अवसरमा भारतभर रहेका श्रमीकहरुको समग्र आर्थीक, सामाजिक विकासका लागि सन १९८१ मा स्थापित राष्ट्रिय श्रमिक सहकारी महासंघको केन्द्रिय कार्यालय नयाँ दिल्लीमा रहेको र भारतभरका ४७ हजार श्रमिक सहकारीहरु यसमा आवद्ध भएको समेत जानकारी गराईयो । भा.रु. १२३९ खर्ब शेयर पुँजी रहेको यस संस्थामा करोडौंको संख्यामा शेयर सदस्य रहेको समेत सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा राष्ट्रिय श्रमिक सहकारी महासंघ इण्डियाका पूर्व अध्यक्ष जगजित सिंह तथा भारतीय राष्ट्रिय श्रमिक सहकारी संघका प्रबन्ध निर्देशक डा.विनय कुमार चौहानले नेपाली सहकारी अभियानले छोटो समयमा गरेको विकास र प्रवद्र्धनबाट आफुहरु प्रभावित भएको बताए ।
उनीहरुले नेपाली सहकारी अभियानको नीतिगत विकास विश्व सहकारी अभियानका लागि अनुकरणीय रहेको उल्लेख गरे । साथै विगत केही वर्ष यतादेखि नेपाली सहकारी अभियानमा देखिएका चुनौतिहरुलाई सहकारीकर्मीहरुले आपसी सहकार्यबाट समाधान गरेर अझ सशक्त रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । नेपालमा श्रमिक सहकारीको स्थिती शैशवकालमा रहेको अवस्थामा भारतमा भईरहेको श्रमिक सहकारीको प्रद्दगति र गरिरहेका कार्यक्रम अवलोकन गर्न महासंघलाई आव्हान गरे ।
3सो अवसरमा महासंघका महाप्रबन्धक डा. बाबुकाजी थापाले राष्ट्रिय सहकारी महासंघको समग्र अवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए । डा.थापाले भारतीय सहकारी अभियानबाट नेपाली सहकारी अभियानले धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको बताउँदै शिक्षा, सीप लगायतका क्षेत्रमा नेपाली सहकारीकर्मीहरुको व्यक्तित्व विकासमा पु¥याउँदै आएको योगदानलाई समयानुकूल थप उचाईमा लान आग्रह गरे । सो अवसरमा महासंघका उपाध्यक्ष पाठकले नेपाली सहकारी अभियानको विकास र सशक्तिकरणका लागि सुरुवाति चरणदेखिनै अन्तराष्ट्रिय सहकारी महासंघ, नयां दिल्लीसंग सहयोग र सहकार्य हुँदै आएको स्मरण गरे ।
-
नेपालपत्र संवाददाता