बुधबार, भाद्र ३ गते २०८३

कश्मीरा बचत तथा ऋण सहकारी संस्थाका सदस्यलाई १५ प्रतिशतसम्म छुट

आषाढ १४, २०७८ सोमबार
कश्मीरा बचत तथा ऋण सहकारी संस्थाका सदस्यलाई १५ प्रतिशतसम्म छुट

 

कोभिड–१९ महामारीबाट बच्न स्थानीय प्रशासनले पटकपटक लगाएको निषेधाज्ञाका कारण सदस्यहरुको व्यापार व्यवसाय प्रभावित भएको भएको भन्दै कश्मीरा बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई विशेष छुट योजना ल्याएको छ । 

निषेधाज्ञा शुरु भएको मिति देखि असार १६ गतेसम्मको २ महिनाको ऋणमा पाकेको व्याजमा १५, प्रतिशतसम्म छुट दिने भएको निर्णय भएको संस्थाका कार्यकारी प्रमुख जयराम तिमल्सिनाले बताए । संस्थाले समयावधि तोकेर फरकफरक समयमा भुक्तानी गर्नेसदस्यलाई ५ देखि १५ प्रतिशतसम्म छुट दिने जनाएको छ ।  

सदस्यले असार १५ गतेसम्म किस्ता भुक्तानी गरेमा १५ प्रतिशत, १६ देखि २५ गतेसम्म भुक्तानी गरेमा १० प्रतिशत र २६ गतेदेखि ३० गतेभित्र भुक्तानी गरेमा ५ प्रतिशत व्याज छुट पाउने उनले जनाए । असार १५ गतेसम्म किस्ता बुझाउनेका लागि बढि सुविधाको व्यवस्था भएकाले सदस्यहरुलाई लाभ उठाउन उनले आग्रह गरे । 

त्यसैगरी संस्थाले २ महिनासम्म भाका नाघेका सदस्यले ऋणको नवीकरण गर्दा समेत विशेष सहुलियत प्रदान गर्ने भएको छ । 

निषेधाज्ञा केहि खुकुलो भएको र प्रशासनले सहकारी संस्थाहरुसमेत दैनिक सञ्चालनका लागि अनुमति दिएकाले संस्थाले नियमित रुपमा कार्यालय सञ्चालन गरी सदस्यहरुलाई वित्तीय लगायत अन्य विविध सुविधा प्रदान गर्दै आएको छ ।