शुक्रबार, कार्तिक ७ गते २०८३

महासंघद्वारा सहकारी बैंकका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत


जेठ २६, २०८३ मंगलबार
महासंघद्वारा सहकारी बैंकका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत


राष्ट्रिय सहकारी महासंघले एक कार्यक्रमको आयेजना गरी राष्ट्रिय सहकारी बैंकका  नवनिर्वाचित  सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुलाई  स्वागत गरेको छ ।  हासंघले पुल्चोकस्थित आप्mनै भवनमा अध्यक्ष लक्ष्मी प्रसाद उप्रेती तथा लेखा सुपरीवेक्षण समितिका संयोजक तारा गुरुङ्ग लगायतका पदाधिकारीहरुलाईसामूहिक स्वागत गरेको हो ।

 नयाँ टिमलाई स्वागत गर्दै महासंघका कार्य वाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले बिषम परिस्थितिमा सहकारी बैंकको नेतृत्व गर्न निर्वाचित हुनु भएकोमा बधाईका ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । बित्तीय आवश्यकता परिपूर्ति गर्न चुनौतिमा नै अवसर हुने भन्दै सहकारी अभियानको शाख बृद्धि गर्न बैंकको भूमिका महत्वपूर्ण हुने उनले बताए । देशको वर्तमान आवश्यकतालाई मनन् गरी ‘एकका लागि सबै र सबैका लागि एक’ को भावनालाई व्यवहारमा उतार्ने बेला आएको उनको भनाई छ ।

बैंकका अध्यक्ष उप्रेतीले सहकारीका मौजुदा समस्याप्रति आफु जानकार रहेकाले सचेत भएर काम गर्ने प्रण गरे । निर्वाचन प्रकृयाबाट बैंकको नेतृत्वमा आउँदा हौसला बोध र जिम्मेवारी बृद्धि भएकाले चुनौतिहरुको सामना गरेर अगाडि बढ्ने उनले जनाए । सहकार्यबाट नै  समस्या समाधान हुने विश्वास व्यक्त गर्दै उनले  सरोकारवाला निकायहरु सबैसंग सहकार्य गरेर काम गर्न तयार रहेको उनको भनाई छ । त्यसैगरी लेखा सुपरीवेक्षण समिति संयोजक तारा गुरुङ्गले सहकारीका बिद्यमान चुनौतिलाई समाधान  गर्दै शाख बृद्धिका लागि अधिकतम कृयाशिल रहने बताइन् । महासंघका का.बा. अध्यक्ष  पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम महासंघका उपाध्यक्ष डि.बि.बस्नेत, सञ्चालक द्वय काशीचन्द्र बराल र सुमन नेपाल, महाप्रबन्धक डा.बाबुकाजी थापा लगायत उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो । ।