शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारी अभियानमा  पुनरुत्थान आवश्यकः रजिष्ट्रार गौतम


जेठ २६, २०८३ मंगलबार
सहकारी अभियानमा  पुनरुत्थान आवश्यकः रजिष्ट्रार गौतम

संघीय सहकारी विभागका नवनियुक्त रजिष्ट्रार बाबुराम गौतमले सहकारी अभियानमा देखिएका विद्यमान चुनौतिहरुबाट कोही पनि भाग्न नमिल्ने बताएका छन् । उनले  सरकार र अभियान मिलेर दीर्घकालिन समाधानका उपाय अवलम्वन गर्दै समग्र सहकारी अभियानको पुनरुत्थान र पुनरसंरचानामा जानुपर्नेमा जोड दिए ।

 राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलको नेतृत्वमा स्वागत तथा सफल कार्यकालको लागि शुभकामना दिन विभाग पुगेका सहकारीकर्मीहरुको टोलीसंगको छलफलमा सो कुरा बताए । सहकारी क्षेत्रमा बजारमा पैmलिएको अफवाह जस्तो ब्यवहारमा नभएको तर अकल्पनिय रुपमा बित्तीय बिचलन, सुशासनबिहिनता र स्वनियमनमा समस्या देखा परेको भन्दै उनले सुधारका लागि अभियानले ठोस कार्ययोजना  बनाएर जानुपर्नेमा जोड दिए ।  सहकारीको नेतृत्वले शेयर सदस्यहरुप्रति जिम्मेवार र जवाफदेही भएर काम गर्न उनले सुझाए । 

सोही अवसरमा राष्ट्रिय सहकारी महासंघका कार्य वाहक  अध्यक्ष रमेशप्रसाद पोखरेलले महासंघको भूमिका र जिम्मेवारीमाथि प्रकाश पार्दै संघीय सहकारी विभाग अभिभावक निकाय भएकाले  नीतिगत निर्देशनको पालना गर्न र सहकार्यका लागि सधै तयार रहेको बताए । साथै उनले ऋणी सदस्यहरुले लिएको कर्जा भुक्तानी नगरेको हुँदा सहकारी संघ÷संस्थाहरुलाई बचत फिर्तामा समस्या भएको जानकारी दिए । महासंघको आयोजनामा आगामी असार ६ र ७ गते हुन गइरहेको अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन २०२६ लाई सफल बनाउनका लागि सहकार्यका लागि अनुरोध गरे । उक्त टोलीमा महासंघका सञ्चालक द्वय काशीचन्द्र बराल र सुमन नेपालकासाथै महाप्रबन्धक डा.बाबुकाजी थापा लगायत सहभागी थिए ।