शुक्रबार, कार्तिक ७ गते २०८३

शुभकामना साकोसको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न


जेठ २४, २०८३ आइतबार
शुभकामना साकोसको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न


शुभकामना बचत तथा ऋण सहकारी संस्थाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले २६ औं स्थापना दिवस तथा विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

भक्तपुरको नासमनामा आयोजना गरेको रक्तदान कार्यक्रममा २६ जना स्वंयसेवी रक्तदाताले रक्तदान गरेको संस्थाले जनाएको छ । उक्त रक्तदान कार्यक्रममा संस्थाका सञ्चालक, विभिन्न उपसमिति,सदस्य र कर्मचारीको सहभागिता रहेको थियो । संस्थाले नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । ‘रक्तदान जीवनदान’ भन्ने मुल उदेश्यका साथ आयोजना गरिएको रक्तदानबाट विरामीको उपचारको लागि आवश्यक पर्ने रगतको मागलाई केही मात्रामा भए पनि पुरा गर्न सहयोग पुग्ने विश्वास संस्थाको छ ।

संस्थाले रक्तदानको क्षेत्रमा सहयोग पु¥याउन रेडक्रस सोसाइटीसँग समेत मिलेर काम गर्दै आएको छ । अहिले पनि विरामीको उपचारको लागि आवश्यक पर्ने रगतको सहज व्यवस्थापन गर्न समस्या भइरहेको रेडक्रसले जनाएको छ । मानिसमा जनचेतनाको अभावको कारण रक्तदान गर्न उत्साहित नहुँदा विरामीको उपचार आवश्यक पर्ने रगतको मागलाई पुरा गर्न समस्या भइराखेको छ । संस्थाले स्थापना दिवसको अवसरमा सदस्य लक्षित विभिन्न कार्यक्रम सम्पन्न गरेको छ भने आज असल ऋणी सदस्यलाई सम्मान गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ । 

718953420_27283503891318165_8389164144806649803_n.jpg