शुक्रबार, कार्तिक ७ गते २०८३

सगुन साकोसद्धारा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा डष्टविन वितरण


जेठ २३, २०८३ शनिबार
सगुन साकोसद्धारा विश्व वातावरण  दिवसको अवसरमा वृक्षारोपण तथा डष्टविन वितरण

हरिवनको सर्लाहीमा मुख्य कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाले विश्व वातावरण दिवसको वृक्षारोपण कार्यक्रम गरेको छ । संस्थाले  वातावरण जोगाउन पर्यावरणलाई सुरक्षित पार्दै पृथ्बीलाई हरियाली बनाउन हरिवन ४ पटौना स्थिति गणेस्थान मन्दिर परिसरमा ५० थान पुष्प तथा अन्य बनस्पतिको वृक्षारोपण कार्य गरेको जनाएको छ।

हरिवन नगरपालिका वडा नं. ४ का वडाध्यक्ष  केशवराज थापा एवं कार्यक्रमका  प्रेमुख अतिथिले मन्दिर परिसरमा वृक्षारोपण  गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त कार्यक्रमको  अध्यक्षता संस्थाका अध्यक्ष केशव प्रसाद ढकालले गरेका थिए । त्यसैगरी  स्वागत मन्तव्य हरि प्रसाद पुडासैनी र  धन्यवाद ज्ञापन विप्लब कार्कीले गरेका थिए । 
संस्थाको संचालक, लेखा सुपरीवेक्षण समिति, उपसमति सदस्यहरु, मन्दिर ब्यस्थापनको अध्यक्ष समाजसेबी  र व्यवस्थापन लगायतले गुलमोहर, तेजपत्ता, मलेसियन सालको ५० बोट विरुवा रोपेका थिए ।

संस्थाले सामुदायिक  उत्तरदायित्व वहन गर्दै वातावरणलाई जोगाउन वृक्षारोपण कार्यक्रम गरिएको जनाएको छ । संस्थाले हरेका अन्तराष्ट्रिय वातावरण दिवसको आवसमा यस्था कार्यक्रमहरुलाई गर्दै आईरहेको छ । विश्व वातावरण दिवसको अवसरमा पर्यावरणलाई सुरक्षित पार्न र संस्थाको सामुदायिक उत्तरदायित्व वहन गर्दै हरिवन नगरभरि संचालनमा रहेको प्रा.वि. तथा आधारभूत विधालयहरुलाई डष्टविन वितरण गरेको छ । 

417642d3-69f4-429f-8fab-a85117681b6b.jpg

संस्थाले राम बहादुर पुलामी आ.वि., प्राथमिक विद्यालय मोहनपुर, आधारभुत विद्यालय पटौना,प्राथमिक विद्यालय पटौना, सर्बोदय प्रा.वि., जनजागृति प्रा.वि.पर्ताटोल, प्राथमिक विद्यालय बालगंगा र  जनता प्रा.वि. दनुवारीलाई डष्टविन प्रदान गरेको हो । त्यसैगरी  प्राथमिक विद्यालय अत्रौली भोक्टेनी,प्राथमिक विद्यालय घुर्कौली र  बाढी पिडितत सुकुम्बासी प्रा.वि.लाई डष्टविन प्रदान गरिएको छ । संस्थाका उपाध्यक्ष  राज कुमार उप्रेतीले समग्र कार्यक्रम आयोजना गर्नुको उदेश्य सहित वातावरण दिवसको  शुभकामना दिएका थिए ।  कार्यक्रम संचालन प्रबन्धक रविन्द्र रानाले गरेका थिए । संस्थाले हरेक बर्ष अन्तर्र्र्राष्ट्र्रिय वातावरण दिवसको आवसमा यस्ता कार्यक्रमहरु गर्दै आएको रानाले बताए । विधालयहरुलाई ३\३ थान डष्टविनफोहोर व्यवस्थापन गर्न  प्रदान गरिएको उनले जानकारी दिए । 

36dae4df-f0b1-40a0-a6f5-0e2bb02abb1e.jpg