समस्याग्रस्त व्यवस्थापन समितिको कार्यालयले सहकारीको ऋण नतिर्ने ऋणीहरुको नाम सार्वजनिक गरेको छ । कार्यालयले समस्याग्रस्त घोषित ३ वटा सहकारीका १ हजार ७ सय ७० जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो । समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था र आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीको नाममा सार्वजनिक भएको हो ।
यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न आग्रह गरेको छ । अन्यथा कानुन बमोजिम असुली गरिने जनाएको छ । साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिकरुपमा प्रकाशित हुने भएकाले अन्य ऋणीहरूले कार्यालयमा यथासिग्र सम्पर्क गरी ऋण तिर्न निर्देशन दिएको छ।
समितिले समस्याग्रस्त सहकारीका ऋणीहरुको नाम सार्वजनिक गर्दै आएको छ । कार्यालयले विगत केही समय यता समस्याग्रस्त सहकारी संस्थाबाट ऋण लिएर चुक्ता नगर्ने ऋणीहरु नाम सार्वजनिक गर्दै आएको छ । समस्याग्रस्त सहकारीका ठुला ऋणीबाट ऋण असुली गर्ने र पहिलो चरणमा साना बचतकर्ताको बचत फिर्ता गर्ने नीति सरकारले लिएको छ । सरकारले बचत फिर्ताको लागि कार्यविधि समेत बनाएको छ भने २५ करोड रुपैयाँ चक्रिय कोषमा जम्मा गरिदिएको छ ।
नेपालपत्र संवाददाता