परिचय
विश्वभरि नै चर्चित रूसी गीत 'कात्युशा' र यसको नेपाली अनुवाद आज हामी पस्कँदैछाैं । सन् १९३८ मा मिखाइल इसाकोभस्कीले लेखेको र मात्भे ब्लान्तरले संगीत भरेको यो गीत प्रेम, वियोग र देशभक्तिको अमर प्रतीक बनेको छ। नेपाली साहित्यकार तथा अनुवादक सन्तोष कुमार पोखरेलले यस गीतको मूल भावना, लय र संरचनालाई जोगाउँदै नेपाली भाषामा उत्कृष्ट रूपान्तरण गरेका छन्। यसअघि मइ १८, २०२६ का दिन "देन पाबेदी" भनिने विश्व प्रशिद्ध रुसी गीतको पोखरेलको नेपाली अनुवाद रुसी घरको सांस्कृतिक कार्यक्रममा नेपाली र रुसी मित्रहरूले गाएका थिए। प्रस्तुत छ मूल रूसी संस्करणसहितको नेपाली ‘कात्युशा’।
---
कात्युशा (नेपाली रूपान्तरण)
फुले स्याउ नास्पतिका बोट
खोलामाथि लाग्यो कुहिरो
किनारलाई हिडिछिन् कात्युशा
त्यो किनारा सुन्दर अग्लो ।
हिँड्दै गीत गाउन थालिन् उनले
त्यो स्तेपीको खैरो चीलको
त्यस्तै गरी आफ्नो मायालुको
जसका चिठी लुकाइराख्थिन् ।
ए गीत! मीठो, केटीको सानो गीत
घामको पछि उडी–उडी जाऊ
सीमानामा बसेको फौजीलाई
कात्युशाको नमस्ते पुर्याऊ ।
सिपाहीले सम्झियोस् केटीलाई
सुनोस् उसले उनको मीठो गीत
मातृभूमि रक्षा गरोस् उसले
कात्युशाले माया जोगाउली ।
फुले स्याउ नास्पतिका बोट
खोलामाथि लाग्यो कुहिरो
किनारलाई हिँडिछिन् कात्युशा
त्यो किनारा सुन्दर अग्लो ।
(वि. सं. २०८३)
---------------------------------------------
रुसी भाषामा मौलिक गीतका शव्दहरू
Катюша (Оригинал)
– Михаил Исаковский
Расцветали яблони и груши,
Поплыли туманы над рекой.
Выходила на берег Катюша,
На высокий берег, на крутой.
Выходила, песню заводила
Про степного, сизого орла,
Про того, которого любила,
Про того, чьи письма берегла.
Ой ты, песня, песенка девичья,
Ты лети за ясным солнцем вслед.
И бойцу на дальнем пограничье
От Катюши передай привет.
Пусть он вспомнит девушку простую,
Пусть услышит, как она поёт,
Пусть он землю бережёт родную,
А любовь Катюша сбережёт.
Расцветали яблони и груши,
Поплыли туманы над рекой.
Выходила на берег Катюша,
На высокий берег, на крутой.
(1938 A.D.)
---
रचनाकारका बारेमा केही शव्द
Mikhail Isakovsky सोभियत रुसका चर्चित कवि तथा गीतकार थिए । उनकाे जन्म सन् १९०० मा रुसको स्मोलेन्स्क क्षेत्रमा भएको थियो । उनले गाउँघर, प्रेम, युद्ध र साधारण मानिसको जीवनलाई सरल तर भावुक शैलीमा कवितामा उतारेका थिए । उनले लेखेका सबैभन्दा प्रसिद्ध गीतमध्ये एक हो Katyusha । यो गीत सन् १९३८ मा सार्वजनिक भएको थियो । गीतका शब्द इसाकोभस्कीले लेखेका हुन् भने संगीत Matvei Blanter ले तयार गरेका थिए ।
अनुवादकका बारेमा केही शव्द
सन्तोष कुमार पोखरेल नेपाली साहित्यकार, अनुवादक तथा गीतकार हुन्। दर्जनौं प्रतिष्ठित अंतर्राष्ट्रिय सम्मान बाट सम्मानित उनको जन्म सिरहाको लहानमा भएको हो। उनी नेपाली, अङ्ग्रेजी, रूसी र हिन्दी भाषामा सक्रिय रहेर साहित्य साधनामा लागेका छन्। विश्व साहित्यका क्लासिक रचनाहरूलाई नेपाली भाषामा पुर्याउने उद्देश्यले उनी अनुवाद कार्यमा समेत संलग्न छन्। उनको यो रूपान्तरण 'कात्युशा' रूसी सांस्कृतिक सम्पदा र नेपाली संवेदनाबीच सेतु बनोस् ।