शुक्रबार, कार्तिक ७ गते २०८३

समस्याग्रस्त कार्यालयले प्रकाशित गर्यो ओरेन्टल सहकारीका ऋणीहरूको नाम


जेठ १, २०८३ शुक्रबार
समस्याग्रस्त कार्यालयले प्रकाशित गर्यो ओरेन्टल सहकारीका ऋणीहरूको नाम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल को –अपरेटिभका ऋणीहरुको नाम सार्वजनिक गरेको छ । कार्यालयले सहकारीबाट ऋण लगेर लामो समयसम्म भुक्तानी नगर्ने २८४ जना ऋणीहरुको नाम सार्वजनिक गरेको हो ।

कार्यालयले पहिलो चरणमा ठुला ऋणीहरुको नामवली प्रकाशन गरेको जनाएको छ भने क्रमशःअन्य ऋणीहरुको समेत नामवली प्रकाशन गर्दै जाने भएको छ । नामवली प्रकाशन गरिएका ऋणीहरुलाई यथाशिघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न आग्रह  गरिएको छ ।

संघीय सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाहरुको कार्यालयले क्रमश ऋणीको नामवली प्रकाशन गर्दै आएको छ । त्यसैगरी ऋण तिर्न आलटाल गर्नेहरुलाई सरकारले आधारभूत सेवाबाट बञ्चित गर्ने समेत प्रष्ट पारेको छ । ठुला ऋणीहरुबाट ऋण असुली गरी साना बचतकर्ताहरुको बचत फिर्ता गर्ने नीति सरकारले लिएको छ ।