शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारी संघ संस्थालाई आइतबार विदा गर्न  प्राधिकरणको निर्देशन


जेठ १, २०८३ शुक्रबार
सहकारी संघ संस्थालाई आइतबार विदा गर्न  प्राधिकरणको निर्देशन

सहकारी संघ संस्थाले पनि अनिवार्य रुपमा आइतबार कार्यालय विदा गर्नुपर्ने भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले एक सूचना जारी गर्दै सबै संघ संस्थालाई आइतबार विदा गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले जारी गरेको सूचना अनुसार सरकारको २०८२ /१२ /१२ को निर्णय बमोजिम कार्यालय समय परिवर्तन गरे पनि मुलुकमा रहेका कतिपय सहकारीहरुले समय परिवर्तन गर्न अटेरी गरेको उल्लेख छ ।

कतिपय सहकारीको पुरानै कार्यालय समय रहेको र आइतबार विदा नगर्ने गरेकाले सम्बन्धित निकायलाई जानकारी गराउन प्राधिकरणलाई निर्देशन भएको छ । हेलो सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गुनासो गरेको हुँदा सबै संघ संस्थाहरुले आइतबार विदा गर्न प्राधिकरणले अनुरोध गरेको छ । download (1).jpeg