शुक्रबार, कार्तिक ७ गते २०८३

सहकारी सम्वन्धी अध्यादेश जारी, संघहरुको वित्तीय करोबारमा ऐनमा नै रोक


बैशाख १७, २०८३ बिहीबार
सहकारी सम्वन्धी अध्यादेश जारी, संघहरुको वित्तीय करोबारमा ऐनमा नै रोक

राष्ट्रपति रामचन्द्र पौडेलले  सहकारी अध्यादेश जारी गरेका छन् । सरकारले सिफारिस गरेका ६ मध्ये उनले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका हुन् । सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन् ।

सरकारले जारी गरेको अध्यादेश अनुसार सहकारीका संघहरुले बचत तथा ऋणको कारोबार गर्न नपाउने भएका छन् । यो दफा पारम्भ हुँदा बचत तथा ऋणको कारोबार गरिरहेका सहकारी संघहरुले यो उफदफा प्रारम्भ भएको मितिले तीन बषभित्र उक्त कारोबार बन्द गर्नुपर्ने  छ ।

त्यसैगरी  पीडित बचतकर्तालाई न्याय दिलाउन सरकारले विशेष व्यवस्था गरेको छ । परिवारको सदस्यको रुपमा पति पत्नि,छोरा, छोरी, बुहारी छोरी , ज्वाईँ, धर्मपुत्र,धर्मपुत्र बुहारी,धर्मपुत्री,बाबु,आमा,सौतनी आमा,  र आफैँले पालन पोषण गर्नुपर्ने दाजु भाउजु,भाई बुहारी दिदी बहिनी र पुरुष सदस्यको हकमा निजका बाजे बज्यै,सासु,ससुरा तथा महिला सदस्यको हकमा निजको सासु ससुरा लगायत  रहने उल्लेख छ । सहकारीको बचत अपचलन गरेका संस्थाहरुको हकमा परिवारका यी सदस्यहरुको चल अचल सम्पत्ति जफत गरी सदस्यको बचत फिर्ता गर्न सक्ने कानुनी बाटो खुला भएको छ ।

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने भएको छ ।  सरकारले सहकारी ऐन संशोधन गर्न बनेको अध्यादेश मार्फत परिवारको परिभाषामा अंशबन्डा भइसकेको व्यक्तिलाई पनि समेटेको हो । सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश अनुसार ऐनको दफा ८८ बमोजिम लगातार दुई वर्षसम्म कारोबार नगरी निष्क्रिय रहेको, यो ऐन र यस ऐनअन्तर्गत बनेको नियमावली विपरित कार्य गरेको खण्डमा परिवार भन्नाले अब अंशबन्डा भएको व्यक्ति पनि पर्नेछन् ।