शुक्रबार, कार्तिक ७ गते २०८३

पिपुल्स साकोसद्वारा स्टेशनरी वितरण


चैत्र ३०, २०८२ सोमबार
पिपुल्स साकोसद्वारा स्टेशनरी वितरण
पिपुल्स बचत तथा ऋण सहकारी संस्थाले स्टेशनरी वितरण गरेको छ । संस्थाले बाल बचतकर्ताहरुलाई स्टेशनरी विरतण गरेको हो ।
 
यस संस्थाको सामुदायिक विकास उप–समिति र महिला सशक्तिकरण तथा बाल विकास उप–समितिको संयुक्त आयोजनामा  बनेपा, तीनदोबाटो स्थीत संस्थाको मुख्य कार्यालयमा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा बाल बचतकर्ता ४६ जना र समिति, उप–समिति तथा कर्मचारीहरु गरी जम्मा ५७ जनाको सहभागीता रहेको थियो । सो कार्यक्रम सामुदायिक विकास उप–समिति संयोजक मञ्जु कायष्ठले संयोजन गरेकी थिइन् ।  
 
कार्यक्रममा सहकारी शिक्षा, वित्तिय एवं प्रविधि साक्षरता प्रशिक्षण प्रबन्धक नवराज सापकोटा गरेका थिए । उक्त कार्यक्रममा उपस्थित हुनेमा संस्थाका सचिव सन्तोष कुमार घिमिरे, सञ्चालक सदस्य कपिल प्रसाद दुलाल, द्वारीका गौतम र नवराज तिमल्सिना त्यस्तै सामुदायिक विकास उप–समिति सदस्य अप्सरा पुडासैनी त्यस्तै महिला सशक्तिकरण तथा बाल विकास उप–समिति सदस्य अञ्जु कायष्ठकोे उपस्थिति रहेको थियो । संस्थाका  सञ्चालक सदस्य कपिल प्रसाद दुलालबाट यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने बताए । 
 
 उनले  सञ्चालक र  उप समितिबाट स्टेशनरी सामाग्री वितरण गर्दै सफलतापूर्वक  कार्यक्रम सम्पन्न गराउन सहयोग  गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।