शनिबार, कार्तिक ८ गते २०८३

मिलिजुली कालिञ्चोक साकोसको आयोजनामा स्वास्थ्य शिविर


चैत्र २२, २०८२ आइतबार
मिलिजुली कालिञ्चोक साकोसको आयोजनामा स्वास्थ्य शिविर

 
दोलखाको सदरमुकाम चरिकोटमा मुख्य कार्यालय  रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

‘उद्यमशिलता र पाददर्शिता, सहकारीको प्राथमिकता’ भन्ने नाराका साथ मनाईएको सहकारी दिवसको अवसरमा मिलिजुली कालिञ्चोक साकोसले  कार्यक्षेत्र भित्र पर्ने दोलखा जिल्लाको कालिञ्चोक गाउँपालीका वडा नं.४ हिलेपानीमा अवस्थित हिलेपानी संस्कृत माध्यामिक बिद्यालयमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो । ग्रामिण भेगमा वित्तीय सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यताका साथ संस्थाले उक्त गाउँपालीका भित्र दुइ वटा सेवाकेन्द्र सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई प्रविधि सहितको सेवा प्रवाह गर्दै आइरहेको छ । ग्रामिण भेगमा स्वास्थ्य चेतना जगाउन, कार्यक्षेत्र भित्र बसोवास गर्ने शेयर सदस्य, बालबचतकर्ता तथा सम्भावित शेयर सदस्य तथा बालबचतकर्ताहरु को स्वास्थ्यको ख्याल गर्दै सहकारीको सातौ सिद्धान्त ‘समुदाय प्रति चासो’ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न उक्त स्वास्थ्य शिविर राखीएको हो ।

उक्त स्वास्थ्य शिविर कार्यक्रम संस्थाको अध्यक्ष कृष्ण बहादुर गौतमको अध्यक्षता र कालिञ्चोक गाउँपालीका वडा नं. ४ का वडाअध्यक्ष दिपक खुलालको प्रमुख आतित्थ्यता रहेको थियो । उक्त स्वास्थ्य शिविर कार्यक्रमको लागि प्राविधिक सहयोग पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटबाट भएको थियो भने शिविर सञ्चालनको दिन हिलेपानी संस्कृत माध्यमिक बिद्यालय तथा कालिञ्चोक गाउपालिका वडा नं. ४ को स्वास्थ्य चौकिबाट समेत सहयोग भएको मिलेको संस्थाले जनाएको छ । उक्त स्वास्थ्य शिविरमा स्त्रिरोग, बालरोग, दन्त, सुगर र प्रेसर परिक्षण तथा बिशेषज्ञ सेवा प्रदान गरीएको थियो । उक्त शिविरमा स्त्रिरोग सम्बन्धी ३० जना, दन्त रोग सम्बन्धी २८ जना, बालरोग सुगर प्रेसर सहित अन्य रोग सम्बन्धी १२१ जना गरी  १७९ जनाले स्वास्थ्य परीक्षण सेवा लिएका थिए । उक्त परीक्षण सेवा लिने शेयर सदस्य, बालबचतकर्ता तथा सम्भावित शेयर सदस्य तथा बालबचतकर्ताहरुलाई आवश्यकता  अनुसार औषधी बितरण गरीएको थियो ।

9c03670f-f7ca-4cd3-a463-51df40c079f7.jpeg