शुक्रबार, कार्तिक ७ गते २०८३

स्थानीय सरकार र सहकारी संस्थाको सयुक्त आयोजनामा सहकारी दिवस मनाइयो


चैत्र २१, २०८२ शनिबार
स्थानीय सरकार र सहकारी संस्थाको सयुक्त आयोजनामा  सहकारी  दिवस   मनाइयो

 दोलखाको जिरीमा स्थानीय सरकार र सहकारी संस्थाले सयुक्त रुपमा सहकारी दिवस मनाएका छन् । ६९ औँ राष्ट्रिय सहकारी दिवसमा बजार सरसफाइ तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी  सहकारी दिवस मनाएका हुन् ।  उद्यमशिलता र पारदरर्शिताः सहकारीको प्राथमिकता भन्ने नाराका साथ ६९औं राष्ट्रिय सहकारी दिवस  देशभर मनाइएको थियो ।

जिरी नगरपालिका सहकारी शाखाको आयोजना तथा एकीकृत फ्रेण्डसिप साकोस र आकाशदिप साकोसको सहजीकरणमा जिरी न.पा. को वडा नं. ६ स्थित हाटडाँडा बजारदेखि जिरी बजारसम्म सरसफाइ सम्पन्न गरी संस्थाको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । जिरी नगरपालिका सहकारी समन्वय समिति संयोजक  खुशबहादुर कार्कीको सभापतित्व र जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  राजकुमारी खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन एकीकृत फ्रेण्डसिप साकोसका नायब प्रमुख कार्यकारी अधिकृत  राम बहादुर खत्रीले  गरेका थिए ।  

659152860_1614370403385343_3337089863668738880_n.jpg

कार्यक्रममा   आकाशदिप साकोसका सचिव धुव्रराज काफ्लेले उपस्थित सबैलाई स्वागत  गरेका थिए । जिरी नगरपालिकाको नियमन क्षेत्राधिकार रहेका सहकारीहरुको अवस्था र सहकारी शाखामार्फत भए गरेका क्रियाकलापहरुको बारेमा जिरी नगरपालिका सहकारी शाखा प्रमुख  सानुमैया (साविन्द्रा) खड्काले  प्रस्तुतीकरण  गरेकी थिइन्  भने उद्यमशीलता विकास सम्बन्धी थिममा रहेर एकीकृत फ्रेण्डसिप साकोसका प्रमुख कार्यकारी अधिकृत  रामकृष्ण रायक्षेत्रीले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा जिरी नगरपालिका भित्रका सहकारी संस्थाका संचालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति, कर्मचारी र सदस्यहरुको सहभागितामा रहेको थियो ।

663375296_1614370076718709_1504439914491460928_n.jpg