श्री बज्रवाराही बचत तथा ऋण सहकारी संस्थाले ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ट्राफिक नियम सचेतना तथा स्लो बाईक रेस कार्यक्रम आयोजना गरेको छ । सस्थाले आयोजना गरेको कार्यक्रममा ट्राफिक प्रहरी बरिष्ठ हवल्दार उपेन्द्र प्रसाद चौरासियाले करिब १ घण्टाको सचेतना कार्यक्रम सञ्चालन गरेका थिए ।
सो कार्यक्रममा ५० जना सहभागिता रहेको थियो । स्लो बाईक रेस कार्यक्रममा सरोज गोले पहिलो, दिनेश तमाङ दोस्रो र श्यामकाजी महर्जन तेस्रो भएको संस्थाले जनाएको छ । पहिलो, दोस्रो र तेस्रो हुने व्यक्तिलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको व्यवस्थापक रन्जीत अर्यालले जानकारी दिए ।
२ हजार ४ माथि सदस्य रहेको उक्त संस्थाको कुल सम्पत्ति २७ करोड माथि रहेको छ । संस्थाले सहकारी मुल्य, मान्यता र सिद्धान्तको आधारमा संस्था सञ्चालित गरी सदस्यहरुलाई वित्तीय तथा अन्य सेवाप्रदान गर्दै आएको छ ।

नेपालपत्र संवाददाता