शुक्रबार, कार्तिक ७ गते २०८३

चन्द्रागिरि साकोसका सदस्यले सार्वजनिक सवारी भाडा  क्यु आर मार्फत भुक्तानी गर्न सक्ने


चैत्र २०, २०८२ शुक्रबार
चन्द्रागिरि साकोसका सदस्यले सार्वजनिक सवारी भाडा  क्यु आर मार्फत भुक्तानी गर्न सक्ने

 चन्द्रागिरि  बचत तथा ऋण सहकारी संस्थाले  नेपालमा पहिलो पल्ट सार्वजनिक सवारी भाडा डिजिटलाईजेशन प्रकृया  सुरु   गरेको छ । ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा चन्द्रागिरि साकोस र फिनटेक ईन्टरनेशनल विच उक्त सेवा सञ्चालनको लागि  सहमति पत्रमा हस्ताक्षर भएको  हो ।

यस सेवा अन्तर्गत यात्रा कार्ड तथा फिनटेक मोबाईल एपको प्रयोग मार्फत सार्वजनिक यातायातको भाडा डिजिटल माध्यमबाट भुक्तानी  गर्न सकिने छ ।  यात्रुहरु बस उक्लँदा र ओर्लदा यात्रा कार्ड ट्याप वा मोबाईल एपको क्यु आर बसमा रहेको मेशिनमा स्क्यान गराई भाडा सहज तरिकाबाट भुक्तानी  गर्न सकिने संस्थाले जनाएको छ । यसको साथै यात्रा कार्ड युटिलिटी विल्सहरुको भुक्तानी गर्न समेत प्रयोग गर्न सकिने छ ।

फिन्टेक ईन्टरनेशल  प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठले यो सेवा नेपालमा पहिलो पल्ट चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि। बाट सुरु भएको  जानकारी दिए । चन्द्रागिरि साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले चन्द्रागिरि साकोसका सदस्यहरुले यो सेवा मार्फत अब बस भाडामा २५ प्रतिशत सम्मको छुट प्राप्त  गर्न सक्ने जानकारी दिए ।