शनिबार, कार्तिक ८ गते २०८३

पिपुल्स साकोसद्वारा सदस्यहरुलाई ‘कि रिङ्ग’ बनाउने तालिम


चैत्र १५, २०८२ आइतबार
पिपुल्स साकोसद्वारा सदस्यहरुलाई ‘कि रिङ्ग’ बनाउने तालिम

 

काभ्रे । बनेपामा रहेको पिपुल्स बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुर्ला ‘कि रिङ’ बनाउने तालिम दिएको छ । संस्थाको महिला सशक्तिकरण तथा बाल विकास उप–समिति र सामुदायिक विकास उप–समितिको संयुक्त आयोजनमा मुख्य कार्यालयमा भएको तालिममा जम्मा २० जनाको महिला सदस्यहरुको सहभागीता रहेको थियो । एक दिने तालिम उप–समिति संयोजक रिजना भण्डारीले संयोजन गरेकी थिइन् । तालिम मुख्य प्रशिक्षकका रुपमा धिपेन्द्र कारञ्जित र सहायक प्रशिक्षकमा विष्णु माया कारञ्जितले प्रशिक्षण दिएका थिए । प्रशिक्षक कारञ्जितले तालिमको महत्व तथा समग्र बजारको अवस्थाका बारेमा प्रकाश पारेका थिए । 

तालिमकै क्रममा संस्थाका प्रबन्धक नवराज सापकोटा सहकारी शिक्षा, वित्तीय एवं प्रविधि साक्षरता प्रशिक्षण दिएका थिए । तालिमको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष निरन शाक्य, सञ्चालक सदस्य कपिल प्रसाद दुलाल, नवराज तिमल्सिना र सुलोचना श्रेष्ठ महिला सशक्तिकरण तथा बाल विकास उप–समिति सदस्य अञ्जु कायष्ठ त्यस्तै सामुदायिक विकास उप–समिति संयोजक मञ्जु कायष्ठ र अप्सरा पुडासैनीको उपस्थिति रहेको थियो ।

समापन मन्तव्य राख्ने क्रममा आयोजक उप–समितिका संयोजकले संस्थाले यस्ता सीपमूलक तालिम निरन्तर सञ्चालन गर्दै आएको जानकारी गराउदै आयोजक उप समितिबाट प्रशिक्षकहरुलाई सम्मानस्वरुप मायाको चिनो र प्रशंसा–पत्र त्यस्तै सम्पूर्ण प्रशिक्षार्थीहरुलाई तालिमको प्रमाण–पत्र प्रदान गर्दै सहभागिहरुलाई धन्यवाद दिइएको थियो ।