शनिबार, आश्विन १७ गते २०८३

नबिल बैंक हस्तकला व्यापार मेलाको आधिकारिक बैंकिङ पार्टनर

मंसिर ३, २०७८ शुक्रबार
नबिल बैंक हस्तकला व्यापार मेलाको आधिकारिक बैंकिङ पार्टनर


नबिल बैंक नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर ३ गतेदेखि ५ गतेसम्म आयोजना हुने १८औं हस्तकला व्यापार मेला र १६औं हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरका रुपमा साझेदारी गरेको छ ।

बैंकको तर्फबाट एसएमई तथा माइक्रो फाइनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट  महासंघका महानिर्देशक तारक थापाले साझेदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

महासंघसँगको सम्बन्धलाई निरन्तरता दिँदै यस वर्ष समेत नबिल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको हो ।

महासंघसँग बैंकको यो तेस्रो सहकार्य हुनाका साथै मेक इन नेपाल अन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवं प्रोत्साहन गर्ने नबिल बैंकको पहल तथा बैंकको दिगो बैकिङ्ग दृष्टिकोण अनुरुप यो साझेदारी गरिएको बैंकको भनाइ छ ।