काठमाण्डाै । ग्लोबल आइएमई बैंक लिमिटेड ले पौभा कलाको झलक समेटिएको नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कमलादीस्थित कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठान का संस्थापक सन्दुक रुइट ले संयुक्त रूपमा क्यालेन्डर विमोचन गरेका हुन्।
क्यालेन्डरमा नेवाः समुदायसँग सम्बन्धित मौलिक पौभा कलाका दुर्लभ चित्रहरू समावेश छन्, जसले यसको सांस्कृतिक र दार्शनिक महत्व झल्काउँछ।बैंकले पछिल्ला वर्षहरूमा नेपाली कला, संस्कृति र सम्पदाको संरक्षण प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न मौलिक विषयवस्तुमा आधारित क्यालेन्डर प्रकाशन गर्दै आएको छ।
नेपालपत्र संवाददाता