शुक्रबार, कार्तिक ७ गते २०८३

राष्ट्र बैंकले वित्तीय बजारबाट ५० अर्ब निक्षेप उठाउँदै


चैत्र ८, २०८२ आइतबार
राष्ट्र बैंकले वित्तीय बजारबाट ५० अर्ब निक्षेप उठाउँदै

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि रु ५० अर्ब बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। बजारमा विद्यमान अधिक तरलता व्यवस्थापन गर्न १४ दिन अवधिका लागि उक्त रकम संकलन गर्न राष्ट्र बैंक बोलकबोल आह्वान गरेको हो।

आज दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत मात्र बोलकबोल गर्न सकिनेछ भने सोही दिन निष्काशन हुनेछ। ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण गरिने बैंकले जनाएको छ। यस उपकरणको साँवा तथा ब्याज भुक्तानी चैत २२ गते हुने तय गरिएको छ। न्यूनतम रु।१० करोडदेखि बढीमा ५ करोडका गुणकमा आवेदन दिन पाइनेछ।

बोलकबोलमा नेपाल राष्ट्र बैंक बाट इजाजतप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्। साथै, उक्त उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।