
प्रा. डा. बन्धु कोइराला ‘खेकोब’
पुष्पलाल ठूला अध्येता थिए । गंगालालका भाइ उनी । उनले जीवनमा त्याग गरे नेपाली जनताको र नेपालको लागि उनी नेपालको बामपन्थी आन्दोलनका एक ऐतिहासिक विशिष्ट व्यक्तित्व हुन् भनेर मात्र पुग्दैन उनले नेपालमा माक्र्सवाद लेनिनवादको बिजारोपण मात्र गरेनन यसलाई बढाउन र हुर्काउन बलिदानै दिए । यो उनको बामपन्थ प्रति साम्यवादप्रतिको अटुट निष्ठाको प्रतीक नै हो । मान्नुपर्छ शहीद गंगालालको भाइ एउटा काठमाडौँका नेवारहरुसँग सम्बन्ध भएर कुनै पनि व्यवसाय गर्न सक्ने भएर पनि एउटा उनको अन्तर्य देश र समाजको लागि भएकाले आजीवन संघर्षरत रहे र उनी अन्त्यमा प्रवासिएर नै आफ्नो देह प्रवासमा त्याग गरे । आत्मज्ञानमा कुनै सम्झौता नगर्ने उनको दृष्टिकोणले नै उनले लोभ लालच मनोपरी निजी स्वार्थमा नलागी समाजको लागि विश्व मानवताको लागि सदैव सक्रिय रहिरहे निरन्तरता उनको गुण निष्ठा उनको गुण त्याग उनको लक्ष्य आदर्शको बाटोबाट व्यवहारिकता ओछ्याउने कसैसँग कुनै सम्झौता नगर्नु उनको निजत्व आफ्नो जीवन कम्युनिष्टको लागि समर्पण गरे । उनी आफै आफूमा कम्युनिष्टमय थिए । कम्युनिष्ट मय रहिरहे यो उनको महानता होइन यो त उनको सामान्य पक्ष हो त्यो सामान्य पक्ष नै हाम्रो लागि महानता हो विशिष्टता हो समाजमा र राष्ट्रमा कहिलेकाही मात्र यस्ता विशिष्ट व्यक्तिहरु जन्मिन्छन् दार्शनिक, राजनेता, सन्त, महात्यागी तिनै मध्ये पुष्पलाल एक थिए । उनले सर्वप्रथम नेपालीमा कम्युनिष्ट घोषणापत्रको अनुवाद गरे राणाकालकै कुरा हो त्यति मात्र गरेनन् कम्युनिष्ट हुनुको परिचय दिए र कम्युनिष्ट पार्टीको संस्थापक महासचिव बने । लामो समय पार्टीमा काम गर्दा कैयौ पटक उनले विष पिएर पनि विभिन्न अपमान सहेर पनि आफूले पार्टीलाई एकीकृत रहन राख्नको लागि त्याग गरे बलिदान गरे एउटा ठूलो निष्ठा । नेपालमा प्रजातन्त्र फलोस् फुलोस् र त्यसैका लागि पहिलो शर्त जसरी पनि सामान्ती सत्ताको अवशेष यसैका लागि प्रवास निर्वासन र क्रान्तिको शंखनाद गरे ।
आफू कुनै अहंकार गरेर स्वयं घोषित नेता नबनेर अरुलाई नेता बन्ने वातावरण दिए र नेता बनाए एउटा ठूलो त्याग मात्र गरेको होइन आफूलाई न्योछावर गरिदिए क्रान्तिको लागि विद्रोह त उनको खुबीमा थियो त्यसैले प्रिय मालदाई भनिन्थे एक अर्थमा जनता उनी सामान्य नागरिक उनी ।
उनको उचाई त छदै थियो सबै जसो कार्यकर्ताले मान्ने त्यसैले त पुष्पलाल एउटा स्कुल बन्यो आज पनि पुष्पलाललाई नेपाली कम्युनिष्ट आन्दोलनका नेता भनिन्छ मानिन्छ त्यसो त कम्युनिष्ट पार्टीको इतिहासमा अरु पनि महासचिवहरु भए मनमोहन, रायमाझी, तुलसीलाल, एकीकृतका पछि पुष्पलाल मोहनविक्रमहरु जे भए पनि पहिलो महासचिव उनी नै थिए र आज पनि कम्युनिष्ट आन्दोलनको अझ पार्टीको इतिहास खोज्दा मूल पुष्पलालै देखिन्छन् यसो भनौँ पुष्पलालबाट अरु रुखहरु उम्रिए र बट वृक्ष पुष्पलाल नै बने । यसलाई पुष्पलालको व्यक्तित्व उनको त्याग समर्पण मान्नु पर्छ निष्ठाको त्यो धरोहर ।
पुष्पलाल सुखै सुखको दरबारमा बाचेनन् । उनी त दुखै दुखको खाल्डोमा रहे । भूमिमा रहेको गाडधन भनौँ खरानी भित्रको आगो फिलुङ्गो पुष्पलाल र उनको स्कुल त्यसको उचाई आफ्नै छ भलै मोटाइ भएका फर्सीहरु कतै होलान त्यसले गुण वक्ता पकडिदैन सार र वस्तुनिष्ठता ल्याउदैन पुष्पलाल पुष्पलाल नै हुन् यहाँ तुलना गर्न खोजिएको होइन तर नेपाली कांग्रेसका वीपी झैँ नेपाल कम्युनिष्ट पार्टीका पुष्पलाल नै हुन् इतिहासका एउटा विरासत ।
माथि नै भनिसकियो पुष्पलाल अध्येता थिए अत्यन्त परिश्रमी उनका अध्ययनका विषय विविध हुन्थे इतिहास, समाज, संस्कृति, धर्म, परम्परा, विकास, मनोविज्ञान, दर्शन, अर्थशास्त्र ।
यिनै कुराका लागि अध्ययनका लागि उनी वनारसका पुस्तकालयहरुमा पत्रिका पसलहरुमा रमाउथे र नोट गर्थे मातृभाषा नेपालीा भएर पनि नेपालीमै लेख्थे औपचारिक शिक्षा माथिल्लो तहको नभएर पनि स्वाध्यायनबाट अंग्रेजीका माथिल्लो तहका कृतिहरु अध्ययन गर्ने मात्र होइन रसास्वादन पनि गर्न सक्दथे नेपालको संस्कृतिलाई समाजलाई नेपालको इतिहासलाई कुनै देशको कुनै दर्शन वा दृष्टिकोणबाट व्याख्या नगरी नेपालको इतिहास, भूगोल, संस्कृति, परम्परा, रीति थितिको आधारमा माक्र्सवादीय दृष्टिकोणले मौलिक चिन्तन दिन उनी समर्थक थिए । न उग्रवाद न दक्षिणपन्थी एउटा स्वभाविक नदीको उनको यात्रा ।
विभिन्न दुख र कष्टले आफ्नो स्वाभिमानलाई बचाएर राख्ने पुष्पलालको निजत्व थियो मानौँ कुनै ऋषिमुनि तपस्या गरिरहेको छ मानौँ विद्वत्व प्राप्त गर्नको लागि लागिरहेको छ ।
मैले भनिसके पुष्पलालको एउटा स्कुल थियो हो कतिपय नेताको स्वार्थ र गुटबन्दीको कारण पुष्पलालबाट फुटेर गए तर २०२५ साल सम्मको इतिहास हेर्ने हो भने पुष्पलालले सहेरै बसे र अन्तिम सम्म पनि जहाँसम्म पुष्पलालको विचार छ पिएल स्कुल त्यो सुरु देखि नै एकै किसिमले धारा प्रवाह बगेको छ त्यो स्कुललाई आत्मसात गर्ने अहिले पनि सैद्धान्तिक व्यक्तिहरु छदै छन् ।
पुष्पलालको स्कुल भनेको लोभ मोह इतर स्कुल हो जहाँ स्वार्थ हुदैन जहा षडयन्त्रको कुरा आउदैन जहा त्याग र निष्ठाको कुरा आउछ अनवरत संघर्षको बलिदानको त्यागको पद पैसा प्रतिष्ठा नाम र सुख सयल जस्ता कुरा पुष्पलालका निजत्व हैनन र त्यो उनको स्कुल पनि हैन यसका लागि पुष्पलालको स्कुलमा रहेका व्यक्तिहरु अहिले पनि प्रशिक्षित छन संलग्न छन भलै तिनीहरु कमै संख्यामा हुन इमान्दार र दृढ भएर लागिरहेका छन् ।
एक दिन उज्यालो आउछ रात जान्छ र मान्छेले मान्छे भएर हिडन पाउछन् भन्ने सोचका साथ ।
क्रमश ...
प्रा. डा. बन्धु कोइराला ‘खेकोब’