विगत वर्षहरूमा झैँ आइएमईले २०७८ का ठूला चाडपर्बलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ ।
प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट भएका हुन । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि एवम् दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी बम्पर विजेता छनोट गरेका हुन ।
दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ३ मैनापोखरी निवासी जीवेश दाहालले संयुक्त अरब इमिरेट्सबाट आइएमईमार्फत रु एक लाख ५६ हजार ५५८ घर पठाएका थिए । बम्पर पुरस्कारमा उनले पठाएको रकमको आठ गुणा बढी प्राप्त गसेका हुन । वम्पर पुरस्कार विजेता दाहालले प्राप्त रकम बाख्रा पालन विस्तारमा उपयोग गर्ने बतााए । उनका घरपरिवारले दोलखामा बाख्रा पालन गरिरहेका छन् ।
गत असोज गते १ देखि कात्तिक २६ सम्म ५७ दिनका लागि कायम रहेको उक्त सेवाग्राहीमूखी अफरअन्तर्गत आठ हप्तामा साप्ताहिक २ जनाका दरले १६ जना, दुई महिनामा मासिक २ जनाका दरले ४ जना र बम्पर लक्की ड्र मार्फत १ जना भाग्यशाली विजेता गरी जम्मा २१ जना लाभान्वित भएका छन ।