आइतबार, आश्विन १८ गते २०८३

अब बन्ने सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्नेमा अध्यक्ष ढकालको जोड


फाल्गुण २८, २०८२ बिहीबार
अब बन्ने सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्नेमा अध्यक्ष ढकालको जोड

 नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले  अब बन्ने नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताएका छन् ।  

आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको फार्मा एक्स्पोलाई सम्बोधन गर्दै उनले  सो कुरा बताएका हुन् । निजी क्षेत्रले लामो समयदेखि स्थिर सरकारको आवश्यकता औँल्याउँदै आएको बताउँदै त्यो पूरा हुनेमा उनको आशा छ । 

 स्थिर सरकारले स्थायी नीति ल्याएर आर्थिक गतिविधि बढाउन  आवश्यक रहेको उनको भनाई छ । उनले रास्वपाले वाचापत्रमार्फत निजी क्षेत्रमैत्री प्रतिवद्धताहरू व्यक्त गरेको उल्लेख गर्दै ती प्रतिबद्धताहरू इमानदारीपूर्वक कार्यान्वयनमा जोड दिए ।