काठमाडौं। महालक्ष्मी विकास बैंकले वातावरण संरक्षण, सांस्कृतिक सम्पदा जगेर्ना तथा दिगो बैंकिङ्ग प्रवर्द्धनप्रति प्रतिबद्धता व्यक्त गर्दै फेवाताल किनारमा सामूहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले वार्षिक कार्यक्रमअन्तर्गत २०८२ फागुन २४–२५ गते दुईदिने कार्यशाला आयोजना गरी विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य कर्मचारीहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ।
कार्यक्रमका क्रममा चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्मको समग्र वित्तीय अवस्था, हालै सम्पन्न निर्वाचनपछिको सकारात्मक आर्थिक वातावरण तथा अन्तर्राष्ट्रिय परिस्थितिबाट उत्पन्न हुन सक्ने सम्भावित आर्थिक चुनौतीबारे समेत विश्लेषण गरिएको बैंकले जनाएको छ।
कार्यक्रम अन्तर्गत ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण फेवाताल किनारमा सामूहिक पदयात्रा गर्दै हरित बैंकिङ्ग तथा दिगो वित्तीय रणनीतिका विषयमा विशेष जोड दिइएको थियो।
“सबल बैंक, सफल सहकार्य” नारालाई आत्मसात गर्दै बैंकले विगत ३१ वर्षदेखि देशभर गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकका हाल देशभर १०३ शाखा कार्यालय रहेका छन् भने करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन्।
नेपालपत्र संवाददाता