शुक्रबार, कार्तिक ७ गते २०८३

राष्ट्र बैंकद्वारा ३० अर्ब रुपैयाँ निक्षेप संकलन आव्हान


फाल्गुण २७, २०८२ बुधबार
राष्ट्र बैंकद्वारा ३० अर्ब रुपैयाँ निक्षेप संकलन आव्हान

 

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार २८ दिन अवधिको उक्त निक्षेप संकलनका लागि बुधबार (फागुन २७) गते दिउँसो ३ बजेसम्म बोलकबोल आह्वान गरिएको छ। बोलकबोलमार्फत निर्धारण हुने ब्याजदरमा बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेश गर्न सक्नेछन्।

सूचनाअनुसार सो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी २०८२ चैत २५ गते गरिनेछ। बोलकबोलमा सहभागी संस्थाले कम्तीमा १० करोड रुपैयाँ र त्यसपछि ५ करोड रुपैयाँको गुणकमा कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्।

राष्ट्र बैंकले जारी गर्ने उक्त उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। यस निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।