शिवम् बचत तथा ऋण सहकारी संस्थाले १४औं स्थापना दिवस विभिन्न संघसंस्थालाई सहयोग प्रदान गरी मनाएको छ ।
संस्थाले गोकर्णेश्वर ४ उत्तरवाहिनीमा रहेको कान्तिभैरव गुरुकुल विद्यालयका लागि आवश्यक स्पिकर तथा अन्य संञ्चार सामाग्री सहयोग गरेको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा डा. श्रीराम अधिकारीले गुरुकुलको बारेमा प्रकाश पार्नु साथै कोषाध्यक्ष रामहरि भण्डारी र सदस्य गोविन्द बहादुर श्रेष्ठ गुरुकुल स्थापनाको बारेमा जानकारी दिएका थिए ।
त्यसैगरी संस्थाले अनाथ बालआश्रम ‘द टुइन फाउन्डेशन, कपनलाई फर्निचर सहयोग गरेको छ ।
सहयोग हस्तान्तरण कार्यक्रमहरुमा शिवमकाे तर्फबाट सल्लाहकार तथा निवर्तमान अध्यक्ष राजीव थापा, अध्यक्ष नवराज राउत, उपाध्यक्ष सुनिल भट्ट, सचिव किरण खनाल, सञ्चालकहरु केदारप्रासद गुरागाई, विष्णु लम्साल, युवराज नेपाल तथा ब्यवस्थापक राजेन्द्र श्रेष्ठ लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
