आइतबार, आश्विन १८ गते २०८३

प्रभावकारी डिजिटल सेवा पहुँच विस्तार गर्न एडीबीले नेपाललाई ४ करोड अमेरिकी डलर सहयोग


फाल्गुण २७, २०८२ बुधबार
प्रभावकारी डिजिटल सेवा पहुँच विस्तार गर्न एडीबीले नेपाललाई ४ करोड अमेरिकी डलर सहयोग


एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ४ करोड अमेरिकी डलर  अर्थात ५ अर्ब ३० करोड रुपैयाँ  बराबर सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । नेपाल सरकारको डिजिटल रूपान्तरण अभियान बढावा दिन र नागरिक तथा व्यवसायीका लागि उच्च प्रभावकारी डिजिटल सेवा पहुँच विस्तार गर्ने उद्देश्यले सो सहायता स्वीकृत गरिएको एडीबीले जनाएको छ । 

नेपाल डिजिटल रूपान्तरण परियोजना दक्षिण एसियाकै पहिलो एडीबी र विश्व बैंकबीच फुल म्युचअल रिलायन्स फ्रेमवर्क ९एफएमआरएफ० अन्तर्गत सहलगानी गरिएको परियोजना हो । मुलुकको डाटा होस्टिङ र साइबर सुरक्षा पूर्वाधार सुदृढ बनाउँदै सरकारी तहमा डिजिटल सुरक्षा र उत्थानशीलता बढाउन उक्त  परियोजना कार्यान्वयन गर्न लागिएको एडीबीको भना  छ । 

यस परियोजना अन्तर्गत एकीकृत नागरिक सेवा पोर्टल विकास, सामाजिक रजिस्ट्री सुधार, सरकारी डाटा एक्स्चेन्ज प्ल्याटफर्म स्थापना सहित एक दर्जन सरकारी सेवा डिजिटलीकरण योजना छ । नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक अर्नो काउचोइसले  सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन र नेपालको आर्थिक विकासलाई सहयोग गर्न यो परियोजना महत्त्वपूर्ण  हुने बताए ।