काठमाण्डाै । सामसुङ नेपालले उन्नत ग्यालेक्सी एआई अनुभवसहित नयाँ ग्यालेक्सी एस२६ सिरिज सार्वजनिक गरेको छ। कम्पनीका अनुसार दैनिक कामलाई अझ सहज र प्रभावकारी बनाउने उद्देश्यले यो सिरिज डिजाइन गरिएको हो।
सिरिजअन्तर्गत सामसुङको ग्यालेक्सी एस२६ अल्ट्रा, सामसुङको ग्यालेक्सी एस२६ प्लस र सामसुङको ग्यालेक्सी एस२६ बजारमा ल्याइएका छन्। यी स्मार्टफोनहरू नेपालमा ८ मार्चदेखि १८ मार्चसम्म प्रि–अर्डरका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ सिरिजले तालिका व्यवस्थापनदेखि कन्टेन्ट सिर्जनासम्मका कामलाई सहज बनाउँदै प्रयोगकर्तालाई प्राविधिक जटिलताभन्दा परिणाममा केन्द्रित हुन मद्दत गर्छ। एआई–सञ्चालित एडिटिङ टुल, स्मार्ट सहायता, सुधारिएको क्यामेरा क्षमता तथा प्राइभेसी र पर्फर्मेन्समा ध्यान दिइएको कम्पनीको दाबी छ।
सामसुङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ एमएक्स प्रणय रत्न स्थापितका अनुसार ग्यालेक्सी एस२६ सिरिज प्रयोगकर्ताको जीवनशैली र कार्यशैलीअनुसार अनुकूल हुने गरी तयार गरिएको छ। “एजेन्टिक एआईमार्फत सामसुङका लागि नयाँ दिशा संकेत गर्ने यो सिरिज हो,” उनले बताए।
कम्पनीले २४ महिनासम्मको ईएमआई सुविधासहित फोन उपलब्ध गराउने जनाएको छ।
नेपालपत्र संवाददाता