विश्व भूराजनीतिमा नयाँ आयामहरू देखा पर्दै गएका छन् । कतिपय मुलुकहरूबीच कायम भूराजनीतिक टकराव र व्यापार धु्रवीकरणले उच्च आर्थिक विस्तार चुनौतीपूर्ण हुँदै गए तापनि प्रविधिमा भएको लगानी विस्तारलेउत्पादकत्व वृद्धिमा सहयोग पुगेको अन्तर्राष्ट्रिय मुद्रा कोषको विश्लेषण छ । फलस्वरूप, सन्२०२५ मा ३.३ प्रतिशतले वृद्धि भएको विश्व अर्थतन्त्र सन् २०२६ मासमेत सोही दरले विस्तार हुने कोषको प्रक्षेपण छ ।
सन् २०२५ मा विकसित अर्थतन्त्रको वृद्धिदर १.७ प्रतिशत र उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर ४.४ प्रतिशत रहेको अनुमान छ । सन् २०२६ मा यी अर्थतन्त्रहरू क्रमशः १.८ प्रतिशत र ४.२ प्रतिशतलेवृद्धि हुने कोषको प्रक्षेपण छ । सन् २०२५ को तुलनामा सन् २०२६ मा भारत र चीनको आर्थिक वृद्धिदरको गति केही सुस्त हुने कोषको प्रक्षेपण छ । सन्२०२५ मा ७.३ प्रतिशतले वृद्धि भएको भारतीय अर्थतन्त्र सन्२०२६ मा ६.५ प्रतिशतले एवं सन् २०२५ मा ५.० प्रतिशतले वृद्धि भएको चीनको अर्थतन्त्र सन् २०२६ मा ४.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ ।
वल्र्ड इकोनोमिक आउटलुक, जनवरी २०२६, अन्तर्राष्टि वश्व मुद्रास्फीतिमा चाप न्यून हँुदै गएकाले अधिकांश केन्द्रीय बैंकहरूले मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएका छन्। सन् २०२५ मा ४.१ प्रतिशत रहेको विश्व मुद्रास्फीति सन् २०२६ मा ३.८ प्रतिशत र सन् २०२७ मा ३.४ प्रतिशतमा सीमित हुने कोषको प्रक्षेपण छ ।
नेपालपत्र संवाददाता