शुक्रबार, कार्तिक ७ गते २०८३

पिपुल्स साकोसको २०औं स्थापना दिवसमा विविध कार्यक्रम


फाल्गुण २०, २०८२ बुधबार
पिपुल्स साकोसको २०औं स्थापना दिवसमा विविध कार्यक्रम

 

काभ्रेपलाञ्चोक । पिपुल्स बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो २०औं स्थापना दिवसका अवसरमा विविध कार्यक्रम गरेको छ। मंगलबार सम्पन्न मूल समारोह संस्थाका अध्यक्ष निरन शाक्यको अध्यक्षतामा तथा संस्थापक अध्यक्ष पूर्णलाल रंजितबाट उद्घाटन गरिएको थियो। कार्यक्रममा संस्थाको वित्तीय अवस्था र आगामी लक्ष्यबारे जानकारी गराइएको थियो।

यस अवसरमा उत्कृष्ट बचत तथा ऋण कारोबार गर्ने १० जना सदस्यलाई सम्मान गरिएको छ। साथै, समवेदना राहत र स्वास्थ्य उपचार सहयोग रकम सदस्यहरूलाई वितरण गरिएको संस्थाले जनाएको छ। 

स्थापना दिवसकै सन्दर्भमा खुल्ला रक्तदान कार्यक्रम, सहकारी शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। विभिन्न समितिका पदाधिकारी, कर्मचारी र सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको संस्थाले जनाएको छ।