काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (फागुन १९) गते १०० अर्ब रूपैया बराबरको निक्षेप वित्तीय बजार बाट उठाउने भएकाे छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमा बोलकबोल छ। बैंकले ६ दिन अवधिका लागि उक्त उपकरण जारी गर्न सूचना प्रकाशित गरेको हो।
बोलकबोल फागुन १९ गते दिउँसो ३ः०० बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ र सोही दिन निष्काशन गरिनेछ। ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी फागुन २५ गते गरिनेछ। न्यूनतम बोल रकम रु. १० करोड र अधिकतम रकम कुल आह्वान रकमसम्म, ५ करोडले भाग गर्दा निःशेष जाने गरी प्रस्ताव गर्न सकिने व्यवस्था छ।
उक्त निक्षेप संकलन उपकरण धितोका रूपमा अन्य बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्न सकिनेछ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने जनाइएको छ।
नेपालपत्र संवाददाता